भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

मनसुनसँगै डेंगुको संक्रमण तीव्र, ७३ जिल्लामा फैलिएको पुष्टि

मनसुनसँगै डेंगुको संक्रमण तीव्र, ७३ जिल्लामा फैलिएको पुष्टि

काठमाडौँ, १३ असार । मनसुन सुरु भएसँगै डेंगु संक्रमणको जोखिम फेरि बढ्न थालेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार, गत पुस महिनादेखि हालसम्म देशभर १,५६१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। पछिल्लो एक सातामा मात्रै ९१ जना नयाँ संक्रमित देखिएका छन्।

यो वर्ष अघिल्ला वर्षहरूभन्दा संक्रमणको दर उच्च देखिएको छ। मनसुनको सुरुवातमै बिरामीको सङ्ख्या बढ्न थालेकाले आगामी महिनाहरूमा संक्रमण दर झनै तीव्र हुन सक्ने संकेत देखिएको छ। नेपालमा यसअघि सन् २०१० मा रूपन्देही, नवलपरासीलगायतका जिल्लाहरूमा डेंगुले महामारीको रूप लिएको थियो।

त्यसपछि सन् २०१९ मा धरानमा व्यापक रूपमा फैलिएको थियो। पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यकासहित ७३ जिल्लामा डेंगु पुगिसकेको छ। प्रदेशगत रूपमा हेर्दा, हालसम्म सबैभन्दा धेरै संक्रमित बागमती, गण्डकी र कोशी प्रदेशमा भेटिएका छन्।

बागमती: ३८६ केस, गण्डकी: ३२२ केस, कोशी: ३१४ केस, लुम्बिनी: २६३ केस, सुदूरपश्चिम: २२६ केस, कर्णाली: ३४ केस, मधेस: २५ केस रहेका छन् ।

डेंगु संक्रमण हुँदा केही बिरामीमा बान्ता, गिजा वा नाकबाट रगत आउने, पेट दुख्ने र थकान हुने जस्ता लक्षण देखिन सक्छन्। यस्ता लक्षणहरूलाई ‘वार्निङ साइन’ मानिन्छ। यस्ता संकेत देखिएमा तत्काल स्वास्थ्य संस्थाको सम्पर्कमा जान सिफारिस गरिएको छ।

गम्भीर अवस्थामा बिरामीको पेट वा छातीमा पानी जम्ने, कलेजोको आकार बढ्ने तथा रगतमा प्लेटलेटको सङ्ख्या तीव्र रूपमा घट्ने देखिन्छ। नेपालमा हालसम्म डेंगुका चार प्रकारका ‘सेरोटाइप’ पहिचान भएका छन्। तीमध्ये सेरोटाइप १, २ र ३ सबैभन्दा धेरै देखिएका छन्, जसमा सेरोटाइप ३ प्रमुख रहेको छ।

ईडीसीडीका अनुसार हाल कीटजन्य रोग रोकथामका लागि केन्द्रबाट स्थानीय तहहरूमा ८ करोड रुपैयाँ विनियोजन गरिएको छ। ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिइएको छ। साथै, प्रदेश र स्थानीय तहहरूसँग समन्वय गर्दै डेंगुको प्रकोप फैलिन नदिन ‘र्‍यापिड रेस्पोन्स टिम’ तयार अवस्थामा राखिएको छ।

पानी जम्ने ठाउँहरू—जस्तै खाडल, छत, गमला, वा घरबाहिर खुला भाँडाहरू—लामखुट्टेका प्रजननस्थल बन्न सक्ने भएकाले ती ठाउँ सफा राख्न आग्रह गरिएको छ। डेंगु फैलाउने लामखुट्टे विशेषगरी एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका हुन्छन्, जो स्थिर पानीमा फुल पार्छन् र त्यहीँबाट लार्भा उत्पन्न हुन्छ। त्यसैले डेंगुको जोखिम न्यूनीकरण गर्न सरसफाइमा विशेष ध्यान दिन आवश्यक देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.