भर्खरै : Sorry, your browser does not support inline SVG.
रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी | पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना |

वीरगञ्ज नाकाबाट १० महिनामा ८८ अर्बभन्दा बढीको निर्यात

वीरगञ्ज नाकाबाट १० महिनामा ८८ अर्बभन्दा बढीको निर्यात

पर्सा, १५ जेठ । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकाबाट करिब ८८ अर्ब २२ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा ८३ अर्ब २५ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा निर्यात भएका थिए। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार यस वर्ष निर्यातमा वृद्धि देखिएको छ।

चालु आर्थिक वर्षको १० महिनामा सबैभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको छ, जसको मूल्य ४८ अर्ब ११ करोड रुपैयाँ बराबर छ। त्यसैगरी प्रशोधित सूर्यमुखी तेल पाँच अर्ब ३५ करोड रुपैयाँ र फलफूलको रस ६ अर्ब ४२ करोड रुपैयाँ बराबर निर्यात भएको छ।

त्यसैगरी कपडा तीन अर्ब तीन करोड रुपैयाँ र सिन्थेटिक यार्न दुई अर्ब २५ करोड रुपैयाँ बराबर निर्यात भएको भन्सार कार्यालयले जनाएको छ। वीरगञ्ज नाका नेपालको प्रमुख व्यापारिक नाका भएकाले यहाँबाट हुने निर्यातले मुलुकको वैदेशिक व्यापारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

 


Thali Mobile Pvt.Ltd.