भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी

इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी

एजेन्सी । मेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच सम्झौता हुने अवस्था निकै नजिक पुगेको दाबी गरेका छन्। तर उनले अझै केही जटिल र पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको पनि स्पष्ट पारेका छन्।

बीबीसीका अनुसार प्रस्तावित ढाँचामा युद्धविरामलाई थप ६० दिनसम्म विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यबारे विस्तृत वार्ता सुरु गर्ने विषय समावेश छ।

यसअघि अमेरिकी अधिकारीहरूले दुई देशबीच सम्झौतासम्बन्धी प्रारम्भिक ढाँचा तयार भएको संकेत दिएका थिए। तर यो सम्झौता अझै औपचारिक रूपमा न त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृत गरेका छन्, न त इरानी नेतृत्वले नै पुष्टि गरेको छ।

इरानको अर्धसरकारी समाचार संस्था तस्निमले पनि यो सम्झौता अन्तिम रूपमा टुंगो नलागेको र आधिकारिक पुष्टि नभएको जनाएको छ। यसअघि गत अप्रिलको सुरुवातमा युद्धविराममा सहमति भएको थियो। त्यसयता अमेरिका र इरानबीच दीर्घकालीन शान्ति सम्झौताका लागि निरन्तर वार्ता भइरहेको छ।

तर पछिल्ला दिनहरूमा दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन्, जसले वार्तामा चुनौती थपेको छ। गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव अझै कायमै रहेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.