भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

आज विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा, बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ ।

बैंकले स्वीस फ्रंयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८४ पैसा, बिक्रीदर एक सय ५२ रुपैयाँ ५१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २५ पैसा, बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा निर्धारण भएको जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा, बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ५१ पैसा, बिक्रीदर एक सय रुपैयाँ ९५ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा, बिक्रीदर आठ रुपैयाँ ७१ पैसा तय भएको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा, बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा, बिक्रीदर ३६ रुपैयाँ चार पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा, बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ । थाई भाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा, बिक्रीदर तीन रुपैयाँ ८८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा, बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा, बिक्रीदर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा निर्धारण भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा, बिक्रीदर १२ रुपैयाँ ३५ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा तय गरेको छ ।

कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १९ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ छ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।