भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महोत्तरीमा लागूऔषधसहित दुई जना पक्राउ

महोत्तरीमा लागूऔषधसहित दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरी प्रहरीले लागूऔषध नाइट्राभेट–१०सहित बर्दिवास–सम्सी सडक खण्डअन्तर्गत औरही नगरपालिका–४ कठुधारबाट काभ्रे र सिरहाका युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले बा.४६प ६२७३ नम्बरको मोटरसाइकलमा सवार काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीय सरोज विक र सिरहाको गोलबजार नगरपालिका–४ बस्ने २३ वर्षीय आकाश ठाकुर पक्राउ परेको जानकारी दिए ।

उनीहरुबाट भारतबाट ल्याइएको २ हजार ९ सय ८२ थान नाइट्राभेट–१० बरामद गरिएको र निजहरुले मोटरसाइकलको लेगार्डमा कालो प्लाष्टिकको झोलामा झुण्डयाएर ल्याएको प्रहरीले बताएको छ ।

पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.