भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

नेपालमै पहिलोपटक चितवनको माडीमा सालक सम्मेलन आयोजना

नेपालमै पहिलोपटक चितवनको माडीमा सालक सम्मेलन आयोजना

काठमाण्डौ, २६ माघ । नेपालमा पहिलोपटक सालक (प्याङ्गोलिन) संरक्षणसम्बन्धी सम्मेलन आज चितवनको माडीमा आयोजना हुँदैछ। बागमती प्रदेश सरकार अन्तर्गत वन तथा वातावरण मन्त्रालयको आयोजनामा तथा डिभिजन वन कार्यालय चितवनको संयोजनमा सम्मेलन हुन लागेको हो।

डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार बागमती प्रदेशभित्रका सबै डिभिजन वन कार्यालयका प्रमुख, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, सामुदायिक वनका प्रतिनिधि, संरक्षणकर्मी तथा विज्ञसहित २ सयभन्दा बढीको सहभागिता रहनेछ।

सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको वर्तमान अवस्था, संरक्षण गर्नुपर्ने कारण, यससँग सम्बन्धित चुनौती तथा संरक्षणका उपायहरूबारे गहन छलफल गरिनेछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सालक संरक्षित वन्यजन्तुमा सूचीकृत रहेको छ।

अत्यधिक चोरीसिकार र बासस्थानको क्षतिका कारण सालक हाल लोपोन्मुख अवस्थामा पुगेको छ। किसानका लागि उपयोगी वन्यजन्तुका रूपमा चिनिने सालकको संरक्षण अपरिहार्य रहेको सरोकारवालाको भनाइ छ।

बागमती प्रदेश सरकारले सालक संरक्षणका लागि नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयनमा ल्याएको छ। प्रदेश सरकारले आगामी वर्षदेखि सालक संरक्षणलाई प्राथमिकतामा राखेर नियमित कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

 


Thali Mobile Pvt.Ltd.