भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारी अध्ययनको निष्कर्षः नवयुवा आन्दोलन’ भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह | इरानमा अझै पनि आक्रमण गर्न बाँकी रहेको इजरायलको दाबी | राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव नियुक्ति विवादित | समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगको रुजु प्रक्रिया सुरु | ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गराउनेमाथि कडा कारबाही गर्ने महानगरको चेतावनी | पेट्रोलमा इथानोल मिसाउने नीति लागू, अधिकतम १०% सम्म मिश्रण गर्न सकिने | फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन | पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना |

सुनचाँदीको भाउ घट्यो, आज सुन प्रतितोला ३ लाख १७ हजारमा झर्‍यो

सुनचाँदीको भाउ घट्यो, आज सुन प्रतितोला ३ लाख १७ हजारमा झर्‍यो

काठमाडौं, २८ फागनु । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकेको जनाएको छ ।

अघिल्लो दिन सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसको तुलनामा आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो ।

महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य केही समयअघि उच्च विन्दुमा पुगेको थियो । गत माघ १५ गते सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुग्दै हालसम्मकै उच्च रेकर्ड कायम भएको थियो ।

यसैबीच चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २०५ रुपैयाँ घटेर ५ हजार ५१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र माग–आपूर्तिको अवस्थाका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिने गरेको व्यवसायीहरू बताउँछन् ।