भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

हर्मुज जलडमरुमा बढ्दो तनाव, कच्चा तेल आपूर्ति ठप्प हुने विश्वव्यापी जोखिम

हर्मुज जलडमरुमा बढ्दो तनाव, कच्चा तेल आपूर्ति ठप्प हुने विश्वव्यापी जोखिम

काठमाडौं, २८ फागुन । सामरिक र व्यापारिक दृष्टिले अत्यन्त संवेदनशील मानिने हर्मुज जलडमरु क्षेत्रमा तनाव तीव्र बनेको छ । इरान, अमेरिका र इजरायलबीच बढ्दो द्वन्द्वका कारण यो महत्वपूर्ण समुद्री मार्ग प्रभावित हुँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल आपूर्ति अवरुद्ध हुने जोखिम बढेको छ ।

हालै यस क्षेत्रबाट गुज्रिरहेका तीनवटा ठूला व्यापारिक जहाजमाथि क्षेप्यास्त्र आक्रमण भएपछि समुद्री मार्ग असुरक्षित बनेको बताइएको छ । आक्रमणमा परेको थाइल्याण्डको मालबाहक जहाज ‘मयुरी नरी’ मा भीषण आगलागी भएपछि चालक दलका सदस्यहरूलाई जहाज छाड्नुपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सुरक्षा जोखिम बढेपछि यस मार्गबाट सञ्चालन हुने अधिकांश जहाजहरूको आवागमन प्रभावित भएको छ । प्रारम्भिक विवरणअनुसार ८० प्रतिशतभन्दा बढी जहाजहरूले आवतजावत स्थगित गरेका छन्, जसले विश्व बजारमा तेल आपूर्ति अवरुद्ध हुने सम्भावना बढाएको छ ।

यसैबीच अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानले समुद्रमा राख्न लागेको १६ वटा विस्फोटक माइन आफ्ना लडाकु विमानमार्फत नष्ट गरिएको दाबी गरेको छ । तर इरानको रिभोलुसनरी गार्ड्सले भने आफ्नो जलक्षेत्रमा विदेशी हस्तक्षेप बढेको भन्दै कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

द्वन्द्व चर्किँदै गएपछि अन्तर्राष्ट्रिय समुदाय पनि चिन्तित बनेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले इरानलाई खाडी क्षेत्रका मुलुकमाथि आक्रमण रोक्न आग्रह गर्दै विशेष प्रस्ताव पारित गरेको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सम्भावित तेल अभाव टार्न आपत्कालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा पठाउने तयारी गरेको जनाएको छ । यदि हर्मुज जलमार्ग लामो समयसम्म बन्द रह्यो भने विश्वभर पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढ्ने र आपूर्ति प्रणाली गम्भीर रूपमा प्रभावित हुने विश्लेषण गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.