भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

मकवानपुरमा प्रहरीमाथि खुकुरी र बन्चरो प्रहार, आत्मरक्षामा गोली चल्दा युवक घाइते

मकवानपुरमा प्रहरीमाथि खुकुरी र बन्चरो प्रहार, आत्मरक्षामा गोली चल्दा युवक घाइते

हेटौंडा, २८ फागुन । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरी क्षेत्रमा प्रहरीमाथि आक्रमण भएको छ । आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा एक युवक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लागूऔषध सेवन गरी झगडा भइरहेको सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो । बुधवार बेलुका करिब ९ बजे पदमपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको नेतृत्वमा टोली त्यहाँ खटिएको थियो ।

प्रहरीले घटनास्थलमा पुगेर सोधपुछ गर्ने क्रममा अचानक प्रहरीमाथि आक्रमण भएको बताइएको छ । आक्रमणकारीहरूले बियरको बोतल, खुकुरी र बन्चरो प्रयोग गरी प्रहार गर्दा प्रहरी सहायक निरीक्षक तामाङका दुवै हातमा चोट लागेको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रण बाहिर जान थालेपछि तामाङले साथमा रहेको पेस्तोलबाट एक राउन्ड गोली चलाएका थिए । उक्त गोली लागेर हेटौंडा उपमहानगरपालिका–१२ हात्तिगौडा बस्ने अन्दाजी १९ वर्षीय सनिस तितुङ घाइते भएका छन् । उनको पेटको दाहिने भागमा गोली लागेको र उपचारका लागि सिएमसी चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस घटनापछि थप प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीको कमाण्डमा पुगेको टोलीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा हेटौंडा–१२ रमनटार बस्ने २४ वर्षीय सन्जय जिम्बा र सोही स्थानका ३५ वर्षीय अजय थिङ रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै व्यक्ति र घाइते तितुङ विगतमा लागूऔषध, ज्यान मार्ने उद्योग तथा चोरीजस्ता विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.