भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

सर्लाहीमा गाेली चल्याे, महिलाकाे मृत्यु, पुरूष घाइते

सर्लाहीमा गाेली चल्याे, महिलाकाे मृत्यु, पुरूष घाइते

सर्लाही । हरिपुर्वा नगरपालिका ५ मा गोली हानेर एक महिलाको मृत्यु भएको छ । एक जना घाइते छन् । गोली हान्ने व्यक्तिको नाम भने प्रहरीले गोप्य राखेको छ । आज बिहान करिब पौने २ बजे गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको सर्लाहीका डिएसपी दीपक श्रेष्ठले बताए । गोली लागेर मृतक चित्रलेखाका ससुरा ५४ वर्षीय रामदिनेश राय घाइते छन् । उनको वायाँ हातमा गोली लागेको छ ।

घाइते रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । गोली हानेर फरार भएका व्यक्तिको खोजी भइरहेको डिएसपी श्रेष्ठलेको भनाइ छ । सीमा क्षेत्रमा समेत प्रहरी परिचालन गरिएको छ ।चित्रलेखाका श्रीमान् एक महिना अघि मात्र कुवेतबाट घर आएका थिए । घर आएदेखि परिवारका सदस्यहरुसँग बेलाबेला झगडा हुने गरेको डिएसपी श्रेष्ठले बताए । त्यसपछि उनी घरबाट हिँडेका थिए ।

गएराति एक्कासी एकजना साथीसँग मोटरसाइकलमा आएको र घरमा गोली प्रहारको घटना भएको प्रहरीले जनाएको छ । गोली हान्ने व्यक्ति चित्रलेखाकै श्रीमान् हुन् वा उनले अरु कसैलाई गोली हान्न लगाएका हुन या कसैले उनलाई परिवन्धमा पारेर गोली हानेका हुन भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले चित्रलेखाका श्रीमानको नाम गोप्य राखेको छ । चित्रलेखाका श्रीमानले नै श्रीमती र बुवालाई गोली हानेर फरार भएको टिपोट अहिले सार्वजनिक गरेको छ ।

घटनाबारे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट डिएसपी दीपक श्रेष्ठको नेतृत्वमा २० जनाको टोली बिहान घटनास्थल पुगेको थियो । घटनामा सानो हतियारको प्रयोग भएको छ । उक्त हतियारको दुई राउण्ड खोका र एक राउण्ड मिस फायर भएको गोली फेला परेको छ । चौकीबाट करिब एक किलोमिटर र जिल्ला प्रहरी कार्यालयबाट करिब १४ किलोमिटरको दुरीमा पर्दछ ।