भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ४६ करोड रुपैयाँ नाफा कमायो

नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ४६ करोड रुपैयाँ नाफा कमायो

काठमाण्डौ । वैशाख महिनामा २० वटा बैंकले कुल ७ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मासिक विवरणअनुसार वाणिज्य बैंकहरुले वैशाख महिनामा करिब ८ अर्ब रुपैयाँ नाफा कमाएका हुन ।

ग्लोबल आइएमई बैंकले ४ अर्ब १२ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ र प्राइम बैंकले ३ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएका छन् । अरु बैंकहरुको नाफा ३ अर्बभन्दा कम छ ।

नेपाल बैंकबाहेक अरु सबै बैकले १ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन् । नेपाल बैंकले वैशाखसम्ममा ५९ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ । अधिक तरलताले ब्याज आम्दानी बढ्न नसक्दा र कर्जा नोक्सानी व्यवस्था बढ्दा वाणिज्य बैंकहरूको नाफा नै प्रभावित बनेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा बैंकहरुले ४८ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका छन् । अरु महिनाहरुको तुलनामा वैशाखमा नाफा बढेको छ । वैशाखसम्ममा नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ ।