भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

विदेश गएर पेट पाल्छु भन्दा गृह प्रशासनले बालकुमारीमा दुई युवाको हत्या गर्‍योः रवि लामिछाने

विदेश गएर पेट पाल्छु भन्दा गृह प्रशासनले बालकुमारीमा दुई युवाको हत्या गर्‍योः रवि लामिछाने

काठमाडौँ । रास्वपाका सभापति तथा सांसद रवि लामिछाने देशमा रोजगारी नपाउँदा विदेशमा गएर रोजगारी गर्छु र पेट पाल्छु भन्दा गृहप्रशासनले गोली हानेर हत्या गरेको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बालकुमारी घटनाबारे छलफलमा भाग लिँदै सांसद लामिछानेले अनायास राज्यले दुइ युवाको ज्यान लिएको बताएका हुन् ।

बालकुमारी घटनाबारे गृहप्रशासनमा पूर्व सूचना हुँदाहुँदै पनि राज्यले लापरबाही गरेको बताए । उनले भने, ‘देशमा रोजगारीको बन्दोबस्त नहुँदा विदेशमा गएर पेट पाल्छु भन्ने आशा, भरोसा बोकेर गएका युवाहरुको गृहप्रशासनले हत्या गर्‍यो । राज्यले यसमा उच्च राजनीतिक नैतिकता देखाउँनु पथ्र्यो ।’

प्रहरी संस्था चेन अफ कमाण्डमा चिल्ने भएकाले उसले आदेश विना दिनदहाडै मान्छेलाई गोली हानेर मार्ने हिम्मत नगर्ने बताए । उनले भने, ‘आदेश विना पकै पनि गोली हानिए न होला । अनि पहिला गोली चलेको हो कि मन्त्रीको गाडी जलेको हो ?’ यसमा पनि गोलमटोल जवाफ छ ।

‘पहिला गोली चलेको हो कि मन्त्रीको गाली जलेको हो रु त्यसमा पनि तपाईँहरुको गोलमटोल जवाफ छ’, उनले आदेश नै विना प्रहरीले दिनदहाडै मार्ने हिम्मत नगर्ने बताए ।