भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

उद्योगीलाई ६० महिनासम्मको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था

उद्योगीलाई ६० महिनासम्मको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था

काठमाडौं । उद्योगीलाई बक्यौता रकम तिर्न ६० किस्तासम्मको सुविधा दिने सरकारले निर्णय गरेको छ। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने र बक्यौता रकम नतिर्नेलाई उक्त सुविधा दिएको हो ।

सर्वसाधारण उपभोक्ताले दैनिक १७ र १८ घण्टासम्मको लोडसेडिङ ब्यहोरिरहेका बेला दुई सय ३९ औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गरिरहेका थिए। ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगीलाई बक्यौता रकम तिर्न ६० किस्तासम्मको सुविधा दिने निर्णय गरेको हो ।

बारा–पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एण्ड स्टीलले बक्यौता रकम तिर्न सुरु गरेको छ। आठ करोड १२ लाख बक्यौतामध्ये हिमाल आइरनले पहिलो किस्तावापत २७ लाख १० हजार रुपैयाँ बुझाएको विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ ।

जति महिनाको छुट बिल जारी गरिएको छ त्यति नै वा बढीमा ६० महिनासम्मको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था गरिएको प्रधाधिकरणले जनाएको छ । कूल दुई २३९ ग्राहकमध्ये एक सय ७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रङ्कलाइन वापतको प्रिमियमसहितको विद्युत महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन्।

६१ वटा उपभोक्ताहरुको २०८० मङ्सिर मसान्तसम्म २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ। यसमध्ये पाँच करोडभन्दा बढी बक्यौता रहेका २३ उद्योगको विद्युत् लाइन काटिएको छ।