काठमाडौं, २१ फागुन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत विभिन्न क्षेत्रमा मतगणना जारी रहँदा जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अग्रता लिएको छ । देशभरका धेरै क्षेत्रमा कमजोर देखिएको राप्रपाले जुम्लाबाट पहिलोपटक अग्रता कायम गरेको हो ।
प्रारम्भिक मतगणनाअनुसार ३ सय मत गणना हुँदा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारले पछ्याइरहेका छन् । नेकपाले हालसम्म १०३ मत प्राप्त गरेको छ ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले २३ मत प्राप्त गरेका छन् । अन्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २ मत मात्र प्राप्त गरेका छन् । प्रारम्भिक गणनामा १० मत बदर भएको निर्वाचन स्रोतले जनाएको छ ।
मतगणना जारी रहेकाले जुम्लाको अन्तिम परिणाम आउन अझै समय लाग्ने बताइएको छ ।