भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

विवाहबाट फर्कँदै गरेका युवकमाथि सामूहिक आक्रमण, धारिलाे हतियार प्रहारपछि गम्भीर घाइते

विवाहबाट फर्कँदै गरेका युवकमाथि सामूहिक आक्रमण, धारिलाे हतियार प्रहारपछि गम्भीर घाइते

कैलाली, २५ माघ । लम्कीचुहा नगरपालिका–४, कौवापुरस्थित खल्ला क्षेत्रमा विवाह कार्यक्रममा सहभागी भई फर्किरहेका १९ वर्षीय युवक अर्जुन बि.क. माथि सामूहिक आक्रमण भएको छ । धारिला तथा घातक हतियार प्रयोग गरी अन्धाधुन्ध प्रहार गरिएपछि उनी गम्भीर घाइते भएका छन् ।

घटना माघ २१ गते राति करिब ११ बजे भएको हो । स्थायी ठेगाना लम्कीचुहा नगरपालिका–४, कौवापुर निवासी अर्जुन बि.क. आफ्नै गाउँका दुई जना भाइलाई “रात धेरै भइसक्यो, घर जाऊ” भन्दै सम्झाइरहेका बेला उनीहरूसँगै आएका व्यक्तिहरूको समूहले पछाडिबाट एक्कासि आक्रमण गरेको प्रारम्भिक विवरणमा उल्लेख छ । आक्रमणकारीहरूले खुकुरी, ग्राशा, तरबार, बन्चरो, खुडा, भट्टा तथा नाइनस्टिक (Nine Stick) जस्ता धारिला हतियार प्रयोग गरी अन्धाधुन्ध प्रहार गरेका थिए । गम्भीर घाइते अवस्थामा पुगेका अर्जुनलाई मरेको ठानी नजिकैको खेतमा फालेर आक्रमणकारीहरू फरार भएको बताइएको छ ।

अचेत अवस्थामा रहेका अर्जुनले घरमा फोन गरी “मम्मी, मलाई खुकुरी हानेर मारे” भनेर भनेपछि थप बोल्न नसकी बेहोस भएका थिए । परिवारजनले १–२ घण्टासम्म खोजी गर्दा पनि फेला पार्न नसकेपछि गाउँघरमा बुझ्दै जाँदा उनी खेतमा मरेतुल्य अवस्थामा भेटिएका थिए । उनको शरीरभरि गहिरा चोट लागेको र अत्यधिक रक्तश्राव भई कपडा पूरै रगतले लतपतिएको अवस्थामा फेला परेको जनाइएको छ ।

घटनापछि उनलाई रातारात नेपालगञ्जस्थित न्यूरो अस्पताल लगेर उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको अवस्था गम्भीर रहेको छ । प्रारम्भिक अनुसन्धान अनुसार घटनामा करिब १२–१३ जनाको समूह संलग्न रहेको बताइएको छ । हालसम्म पहिचान भएका आरोपितहरूमा लम्कीचुहा नगरपालिका–१, थकालिपुर निवासी दुर्गे थापा मगर, विकास भण्डारी क्षेत्री र हिक्मत जैशी तथा लम्कीचुहा नगरपालिका–४ निवासी जीवन टमटा र विकास बि.क. रहेका छन् । अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.