भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारी अध्ययनको निष्कर्षः नवयुवा आन्दोलन’ भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह | इरानमा अझै पनि आक्रमण गर्न बाँकी रहेको इजरायलको दाबी | राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव नियुक्ति विवादित | समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगको रुजु प्रक्रिया सुरु | ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गराउनेमाथि कडा कारबाही गर्ने महानगरको चेतावनी | पेट्रोलमा इथानोल मिसाउने नीति लागू, अधिकतम १०% सम्म मिश्रण गर्न सकिने | फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन | पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना |

कास्की कारागारबाट फरार कैदी ६ महिनापछि पोखरामा पक्राउ

कास्की कारागारबाट फरार कैदी ६ महिनापछि पोखरामा पक्राउ

कास्की, २६ फागुन । कास्की कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले ६ महिनापछि पोखराबाट पक्राउ गरेको छ । गत भदौमा भएको आन्दोलनको मौका पारेर फरार भएका कैदीलाई मंगलबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

डाँकाचोरी मुद्दामा सजाय भुक्तान गरिरहेका कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाचोक निवासी सूर्यबहादुर घर्ती क्षेत्रीलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनी २०८२ साल भदौ २४ गते कास्की कारागारमा भएको आन्दोलन र अराजकताको समयमा सुरक्षा घेरा तोडेर फरार भएका थिए । त्यसयता उनी लामो समयदेखि फरार रहेका थिए ।

फरार कैदीको खोजीका लागि नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीले संयुक्त रूपमा विशेष टोली परिचालन गरेको थियो ।

सोही टोलीले प्राप्त सुराकीका आधारमा फागुन २५ गते दिउँसो करिब १२:४५ बजे पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका घर्ती क्षेत्रीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बाँकी कैद सजाय भुक्तानका लागि पुनः कास्की कारागार पठाइएको प्रहरीले जनाएको छ ।