भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इरानमा अमेरिकी सैन्य अभियान अझै एक साता नरोकिनेः ट्रम्प

इरानमा अमेरिकी सैन्य अभियान अझै एक साता नरोकिनेः ट्रम्प

एजेन्सी । इरानमा जारी अमेरिकी सैन्य अभियान अझै केही समय जारी रहने संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् । उनले युद्ध चाँडै समाप्त हुन सक्ने सम्भावना भए पनि यो हप्ता नै अभियान रोकिने अवस्था नरहेको बताएका हुन् ।

ट्रम्पका अनुसार इरानको सैन्य शक्ति धेरै हदसम्म कमजोर भइसकेको छ । उनले इरानसँग रहेको अधिकांश सैन्य क्षमता समाप्त भइसकेको र नेतृत्वसमेत कमजोर अवस्थामा पुगेको दाबी गरेका छन् । गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव झन् बढेको छ । उक्त घटनापछि क्षेत्रीय सुरक्षाबारे अन्तर्राष्ट्रिय चासो पनि बढ्दै गएको छ ।

यसबीच ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमार्फत कुराकानी गरेको जानकारी दिएका छन् । कुराकानीका क्रममा मध्यपूर्वको अवस्थाबारे छलफल भएको र पुटिनले सहयोग गर्न इच्छा व्यक्त गरेको उनले बताएका छन् । ट्रम्पले पुटिनलाई रुस–युक्रेन युद्ध अन्त्य गराउन सहयोग गर्न आग्रहसमेत गरेका थिए । उनका अनुसार युक्रेन युद्ध लामो समयदेखि जारी रहेकाले यसको समाधान खोज्नु महत्त्वपूर्ण हुने बताएका छन् ।

यसैबीच अमेरिकी र इजरायली आक्रमणका क्रममा इरानका सर्वोच्च नेता अली खामेनी मारिएपछि उनको स्थानमा उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गरिएको बताइएको छ ।

नयाँ नेतृत्वप्रति प्रतिक्रिया दिँदै ट्रम्पले मोज्तबा खामेनीलाई धेरै मानिसहरूले राम्रोसँग नचिनेको बताएका छन् । उनले उक्त निर्णयप्रति आफू सन्तुष्ट नरहेको पनि उल्लेख गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.