खुम्बु क्षेत्रमा ८६ प्रतिशतले पर्यटकको सङ्ख्यामा वृद्धि

खुम्बु क्षेत्रमा ८६ प्रतिशतले पर्यटकको सङ्ख्यामा वृद्धि image

सोलुखुम्बु । विश्वको कै प्रमुख पर्यटकीय गन्तव्य मानिएको सोलुखुम्बुको खुम्बु क्षेत्रमा ८६ प्रतिशतले पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को भदौ महिनादेखि यता सोलुखुम्बुको खुम्बु भ्रमण गर्ने पर्यटकको सङ्ख्या ८६.५ प्रतिशतले वृद्धि भएको हो ।सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेको तथ्यांक अनुसार भदौमा १ हजार ३ सय २४ पर्यटक सगरमाथा क्षेत्रमा पुगेका थिए भने असोजमा ९ हजार ८ सय १० पर्यटकले खुम्बु क्षेत्र भ्रमण गरे ।

      जुन संख्यात्मक हिसाबले ८ हजार ४ सय ८६ ले र प्रतिशतको हिसाबले ८६.५ प्रतिशतले बढी हो । असोजमा खुम्बु पुग्ने पर्यटकमध्ये ८ हजार ५ सय ५१ विदेशी र १ हजार २ सय ५९ नेपाली रहेको निकुञ्जका सुचना अधिकारी मनोज कुमार मण्डलले बताए । निकुञ्जले एकै महिनामा २ करोड १० लाख ५४ हजार ४ सय ७ रुपैयाँ ५४ पैसा राजस्व सङ्कलन गरेको छ ।

साउन महिनामा भने २ सय ८ पर्यटक खुम्बु भित्रिंदा ६ लाख ५६ हजार २ सय ७४ रुपैयाँ ३६ पैसा राजस्व सङ्कलन गरिएको सुचना अधिकारी मण्डलले बताए । सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति १ हजार ५ सय, अन्य मुलुकका पर्यटकबाट ३ हजार, र नेपाली पर्यटकबाट १ सय रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिना श्रावन, भाद्र र असोज सम्ममा ११ हजार ३ सय ४२ पर्यटक सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् ।

जसमा १ हजार ४ सय ५९ नेपाली, १ हजार ४ सय १९ सार्क मुलुकका र ८ हजार ४ सय ६४ अन्य मुलुकका विदेशि पर्यटक रहेका छन् । त्यो बेला २ करोड ५१ लाख ५ हजार ८ सय ९२ रुपैया ४ पैसा राजस्व सङ्कलन भएको छ । २०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्जलाई सन् १९७९ देखि विश्वसम्पदा सूचीमा समावेश गरिएको छ । यसको क्षेत्रफल १ हजार १ सय ४८ वर्ग कि.मि रहेको छ ।

राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ६ हजार मिटर भन्दा अग्ला ल्होत्से, नुप्से, चोयु जस्ता हिमचुचुराहरु छन् । निकुञ्जन भित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार (सिमसार) सूचीमा समावेश गरिएको छ ।

रामसार भनेको के हो ?
रामसार क्षेत्र भन्नाले सिमसार नै हो । रामसार भन्नाले पंक्षीको संरक्षित प्राकृतिक सम्पदा क्षेत्र भन्ने बुझिन्छ । नेपालका विभिन्न प्राकृतिक सम्पदास्थललाई रामसार क्षेत्र घोषणा गरिएको छ । यसको तातपर्य सन् १९७१ मा इरानको रामसार सहरमा भएको वैज्ञानिक सम्मेलनलाई लिइन्छ । त्यहि सम्मेलनबाट रामसार नामाकरण भएको हो ।

उक्त सम्मेलनको मुख्य उद्देश्य भनेको सिमसार क्षेत्रका जलपक्षीको संरक्षण गर्नु हो । सो सम्मेलनमा पारित सन्धिलाई रामसार महासन्धि भनिन्छ । त्यही महासन्धिअनुसार अन्तर्राष्ट्रिय महत्त्वको सिमसार घोषणा भएको क्षेत्रलाई रामसार क्षेत्र भनिन्छ । नेपालले भने १९८७ मा रामसार महासन्धिको सदस्यता लिएको थियो ।

यो महासन्धि सदस्यको सम्मेलन कोप हरेक ३ वर्षमा हुने गर्दछ । २०६५ कात्तिक १२ गते दक्षिण कोरियामा भएको कोप सम्मेलनलाई रामसार भनेर घोषणा गरियो । नेपालका १० वटा सिमसार क्षेत्रलाई रामसार क्षेत्रमा घोषणा गरिएका छन् ।

पहाडी क्षेत्रमा खम्बु क्षेत्र नै हो । माइपोखरी, कोशीटप्पु, बीसहजारी ताल, जगदीशपुर रिजभ्र्वायर, घोडाघोडी ताल, गोक्यो, गोसाइँकुण्ड, शे–फोक्सुन्डो , स्वर्गकी अपसरा रारा ताल र सुन्दर पोखरा उपत्यका छन् ।

यहाँ थुप्रै दुर्लभ, संकटाभिमुख र संकटापन्न जन्तुको बासस्थान भएको र यहाँ महत्त्वपूर्ण वनस्पति रहेकाले यी क्षेत्र अन्तर्राष्ट्रिय महत्त्वपूर्ण क्षेत्र मानिएका हुन् । स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगको माध्यमले सिमसारको संरक्षण गर्ने मुख्य उद्देश्य नै रामसार महासन्धि हो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda