भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

बाँदर आतङ्कपछि बागलुङका किसान अकबरे खुर्सानी खेतीतर्फ आकर्षित

बाँदर आतङ्कपछि बागलुङका किसान अकबरे खुर्सानी खेतीतर्फ आकर्षित

मुख्य बुँदा

बाँदरको बढ्दो आतङ्कका कारण किसानले परम्परागत खाद्यबाली छाड्न थाले।

मकै, गहुँ, कोदो र फापरको सट्टा अकबरे खुर्सानी खेती विस्तार हुँदै।

काठेखोला र बागलुङ नगरपालिका क्षेत्रमा अकबरे खेतीको परीक्षण सुरु।

रायडाँडामा ७५ किसानले ४० हजार अकबरेका बिरुवा रोपे।

बाँदर नियन्त्रणका लागि प्रभावकारी सरकारी नीति आवश्यक रहेको किसानको माग।

बागलुङ, ३० जेठ । बागलुङका किसानले बाँदरको बढ्दो आतङ्कका कारण परम्परागत खाद्यबाली खेती छाडेर वैकल्पिक खेती रोज्न थालेका छन्। गाउँघरमा बसाइँसराइ बढेसँगै बाँदरको समस्या चर्किएको र मकै, गहुँ, कोदो, फापर तथा फलफूल बालीमा क्षति पुर्‍याएपछि किसान अकबरे खुर्सानी खेतीतर्फ आकर्षित भएका हुन्।

जिल्लाको काठेखोला गाउँपालिका–८ का किसान प्रेमप्रसाद कँडेलले बाँदरले मकै पाक्न थालेपछि बाली नष्ट गर्ने भएकाले यस वर्ष मकैको सट्टा अकबरे खुर्सानी लगाएको बताए। उनका अनुसार अकबरेलाई बाँदरले नोक्सान नगर्ने र यसको बजारसमेत राम्रो रहेको छ।

यस्तै, बागलुङ नगरपालिका–११ रायडाँडामा पनि बाँदरको समस्याले किसानलाई अकबरे खुर्सानी र अदुवा खेतीतर्फ उन्मुख बनाएको छ। वडाध्यक्ष ज्ञानेन्द्र गौतमका अनुसार यस वर्ष मात्रै वडामा करिब ४० हजार अकबरेका बिरुवा रोपिएका छन्।

स्थानीयका अनुसार बाँदरले खाद्यबाली र तरकारीमा ठूलो क्षति पुर्‍याएपछि वैकल्पिक खेतीको खोजी गर्नुपरेको हो। सरकारले बाँदर नियन्त्रणका लागि प्रभावकारी नीति नल्याए किसानको उत्पादन र जीविकोपार्जन थप प्रभावित हुने उनीहरूको भनाइ छ।

यस वर्ष रायडाँडाका ७५ जना किसान अकबरे खुर्सानी उत्पादनमा संलग्न भएका छन्। परीक्षणका रूपमा सुरु गरिएको यो खेती सफल भएमा बाँदर प्रभावित अन्य गाउँमा पनि विस्तार गर्ने योजना बनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.