भक्तपुर । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले होम आइसोलेसनमा राखेकी चार दिनकी सुत्केरीसहितको एक परिवारलाई स्थानीय बासिन्दा र जनप्रतिनिधिले जबर्जस्ती आइसोलेसन सेन्टर पठाएको पाइएको छ ।
मध्यपुर थिमि नगरपालिका–९ का स्थानीयवासी र जनप्रतिनिधिले संक्रमितलाई घरमा राखेको भन्दै विरोध गरेपछि स्वास्थ्यकर्मीले चार दिन र साढे दुई महिनाका दुई सुत्केरीसहितलाई शुक्रबार खरिपाटीस्थित आइसोलेसन सेन्टरमा पठाएका हुन् ।
बिहीबार मध्यपुर थिमि नगरपालिकाका एकै परिवारका १४ जनामा कोरोना देखिएको थियो । संक्रमित हुनेमा सुत्केरीदेखि ७५ वर्षीया वृद्धासम्म छन् । आइसोलेसन सेन्टरमा पुगेका उनीहरूलाई स्याहार नपुग्ने भन्दै शुक्रबार राति नै पुनः घर फिर्ता गरिएको छ । कान्तिपुरबाट…
