भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारी अध्ययनको निष्कर्षः नवयुवा आन्दोलन’ भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह | इरानमा अझै पनि आक्रमण गर्न बाँकी रहेको इजरायलको दाबी | राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव नियुक्ति विवादित | समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगको रुजु प्रक्रिया सुरु | ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गराउनेमाथि कडा कारबाही गर्ने महानगरको चेतावनी | पेट्रोलमा इथानोल मिसाउने नीति लागू, अधिकतम १०% सम्म मिश्रण गर्न सकिने | फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन | पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

निषेधाज्ञामै झन् संक्रमण


  • भाद्र १५, २०७७
  • 342 Views
निषेधाज्ञामै झन् संक्रमण image

काठमाडौं । काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ। पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै भदौ ३ गते राति लगाइएको निषेधाज्ञाबीच आइतबार सर्वाधिक ४ सय २९ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ३ सय ७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जनामा कोरोना देखिएको बताए। किन बढिरहेछ त संक्रमण ? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार संक्रमित व्यक्तिबाट १४ दिनपछि अन्यलाई भाइरस सर्ने सम्भावना हुँदैन।

त्यसैले डिस्चार्ज गर्दा फरक नपर्ने उनको दाबी छ। शुक्रराज अस्पतालकै क्लिनिकल रिसर्च युनिट संयोजक डा। शेरबहादुर पुन निषेधाज्ञाको पालनासमेत नगर्ने प्रवृत्ति देखिएको बताउँछन्। भन्छन्, ‘सरकारले के गरेन भन्ने प्रश्न उठाउनु आफ्नो ठाउँमा होला ।

संक्रमण वृद्धि हुन नदिन हामीले के गरिरहेका छौं भन्ने प्रश्न पनि स्वाभाविक रूपमा उठेको छ।’ कोरोना संक्रमण वृद्धि रोक्नु नागरिकको पनि कर्तव्य रहेको उनी बताउँछन्। कामको सिलसिलामा आवतजावत गर्नेहरूबाट पनि संक्रमण बढेको डा। मरासिनीको ठम्याइ छ। अन्नपूर्णपोष्टबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.