कहिलेकाहीँ विगतको सुन्दर स्मृतिमा रमाउन पुग्छु अनि मनमनै अनेकन प्रश्न गर्छु। के फेरि कहिल्यै त्यो बखतको जस्तो मीठो समयसंग साक्षात्कार हुन सकिएलारु बाल्यकालका हरेक घटना हृदयको सिंहासनमा सुन्दर सम्झना भएर बस्ने रहेछन्। बाल्यकालसँग जोडिएका प्रत्येक स्थान अति सुन्दर, अति प्रिय हुन्छ ।
यसर्थमा मलाई पनि मेरो नेपालगन्ज सुन्दर नलाग्ने कुरै भएन जहाँ मेरो बाल्यकाल बितेको थियो। उसो त भैरहवापछि नेपालकै गर्मी स्थानमा नेपालगन्जको नाउँ आउँछ। जाडो याममा चिसो शीतलहर र गर्मी याममा ४७ डिग्रीसम्मको अत्यधिक तातो अनि लामखुट्टे सम्झँदा नमीठो लाग्छ। नेपालगन्जको भूस्थल माटो र बालुवाको मिश्रणले बनेको छ जसले गर्दा जाडोमा बढी चिसो र गर्मीमा बढी तातो महसुस हुन्छ।
शिक्षा समृद्धिको सुरुवात हो भनेझैं जब मेरो अध्ययन शुरू भयो तबदेखि विद्यालयमा म कहिल्यै असफल हुनु परेन। चिसोको समयमा स्वेटर, सल ओढेर स्कुल जाँदा बिहानको कुहिरो हिउँजस्तै गरी शरीरमा तुसारो बनेर सेताम्मे जम्थ्यो भने आँखाका परेली, आखिभौं समेत सेतै हुन्थ्यो। माघको मध्य जाडोमा एसएलसी परीक्षा दिनुपथ्र्यो।
त्यस्तो चिसो समयमा चिसो शीतलहर छिचोल्दै विद्यालय जानु, उस्तै मौका परे स्कुल र कक्षा छोडेर साथीहरूसंग भिडियो हेर्न गइन्थ्यो। भुइँमा बोरा ओच्छ्याएर त्यसमाथि बसेर भिडियो हेरेका क्षण सम्झँदा रमाइलो लाग्छ। उ बेला पनि साथीहरूसँग समूहमा विभाजित भइन्थ्यो। हाम्रो समूहमा ५ जना थियौँ। अहिलेको जस्तो फेसबुकमा हरेक शुभकामना दिने चलन थिएन तर चाडवाड, जन्मोत्सव, नयाँ वर्ष जस्तो समयमा कलाकार र सिनहरूको पोष्टकार्डमा शायरीद्वारा मनका कुरा र शुभकामना दिने चलन थियो।
हामी त्यसरी आपसमा आत्मीयता बाँड्थ्यौं। हामीसँग सधैं पैसा हुँदैनथ्यो। कुनै बेला पैसा नभएर मैले भिडियो हेर्न नखोज्दा मेरो किताबबाट फुत्त ५ रुपैयाँ निस्कन्थ्यो। त्यो पैसा कसले राखिदिन्थ्यो, त्यतिबेला थाहा भएन। २८ वर्षपछि बल्ल त्यसरी पैसा राखिदिने मान्छे चिन्न पुगेकी छु। कहिलेकाहीँ समूहमा भिडियो हेर्न पुग्थ्यौं, एउटा भिडियो शो हेरेको प्रतिव्यक्ति ५ रुपैयाँ तिर्नुपथ्र्यो। भिडियो हेरेको पैसा आफूआफूले तिथ्र्यों।
हामीसँग सधैं पैसा हुँदैनथ्यो। कुनै बेला पैसा नभएर मैले भिडियो हेर्न नखोज्दा मेरो किताबको माझबाट फुत्त ५ रुपैयाँ निस्कन्थ्यो। त्यो पैसा कसले राखिदिन्थ्यो, त्यतिबेला थाहा भएन। अचम्ममा पर्थें । साथीहरूसँग रमाइलो मानेर भिडियो हेर्थें। जब एसएलसी सक्यौं हामी सबै छुट्टियौं। अहिले जस्तो प्रविधिको सुविधा थिएन ।
को कहाँ पुग्यो पत्तै हुँदैनथ्यो। हाम्रो समूहका साथीसँग २८ वर्षपछि सामाजिक संजालबाट भेट भयो। किताबको माझमा ५ रुपैयाँ राखिदिने त उनै पो रहेछन् ! पाँच रुपैयाँको कथा २८ वर्षसम्म गोप्य रह्यो। यो रमाइलो बाल्यकाल सम्झँदा नेपालगन्ज अतुलनीय अनि प्रिय लाग्छ जसलाई सम्झिएर निकै भावुक हुन्छु।
मानिस सौखिन र बौद्धिक प्राणी त हुँदै हो ऊ हरेक अवस्थामा माथि अझ माथि उक्लन चाहन्छ। खुसीसँगै सफल हुन चाहन्छ त्यही खुसी खोज्दै म नेपालगन्ज छाडेर बाहिरिएँ। समयको वेगलाई मैले पनि रोक्न सकिँन। भौतिक रुपमा मैले नेपालगन्जलाई २५ वर्ष अघि छाडें। तर, मनभरि नेपालगन्ज छ।
पच्चीस वर्ष अघिको नेपालगन्ज र अहिलेको नेपालगन्जमा धेरै भिन्नता छ। म सानो छँदाको नेपालगन्ज झल्झली सम्झनामा आउँछ। अचेल दशैंमा मात्र पाहुना भएर नेपालगन्ज जाने मौका जुर्छ। दुईचार दिन बस्दा आँखामा भएको पुरानो सम्झनालाइ नयाँ बनाउने मौका पाइन्छ । सीमावर्र्ती भारत नजिक भएको अनि मधेसी र मुस्लिमहरूको बाहुल्य भएको ठाउँ हो नेपालगन्ज। त्यो समय नेपालगन्ज मधेसी गाउँजस्तो लाग्थ्यो साँघुरो बाटो जताततै खेत र बेसरमघारी (एक प्रकारको बिरुवा)।
शौचालयको सुविधा धेरै घरहरूमा थिएन र त्यही बेसरमघारीलाई शौचालयका रूपमा प्रयोग गरिन्थ्यो। धम्बोझीचोकदेखि भेरी अस्पतालसम्मको एकनाल बजार थियो। त्यसबाहेक दायाँबायाँ सबै झाडी नै झाडी थियो। चार लेनको सडक बीचमा शहीद सेतु विकको सालिक छ। विक तिनै हुन् जो विसं २०६२÷०६२ को लोकतान्त्रिक आन्दोलनमा शहिद भएकी थिइन्। त्यो ठाउँमा राजा ज्ञानेन्द्रको सालिक राखेर ज्ञानेन्द्रचोक बनाउन लागिएको थियो। तर, परिवर्तनकारीले राजाको सालिक भत्काइदिए।
वर्षायाममा ढलहरूको निकास नहुँदा प्रत्येक वर्ष डुबान हुन्थ्यो। नेपालगन्ज एउटा खाल्डो हो र त्यो खाल्डोमा आकाश पोखिएर थपक्क बसेझैँ लाग्थ्यो। पानी नै पानीले घरका आँगन र भुइँतला सबै डुबेको हुन्थ्यो। झ्यालहरूले सकिनसकी बाटोतिर चिहाउँदै उद्धारको अपेक्षा गरेझैं लाग्थ्यो मलाई। तिनताका यातायातको साधन भनेकै नगरभित्र चल्ने तीनपांग्रे रिक्सा र घोडाले तान्ने रथ ‘टाँगा’ थियो।
सिमावर्ती शहर रुपैडिया जानुपर्दा त्यही टाँगामा बसेर जानुपथ्र्यो। अर्को कुरा नेपालगन्ज शहरमा बाहिरबाट घुम्न आउनेहरू टांगा चढ्न रहर गर्थे। समय सधैं एकनास रहँदैन। नेपालगन्जको कायाकल्प भैसकेको छ। अहिले बसपार्कदेखि त्रिवेणी मोडसम्म चार लेनको चिल्लो सडकमा मन चिप्लेटी भएर बग्छ।
त्यो बेलाको झाडी।
चारलेनको सडक बीचमा शहीद सेतु विकको सालिक छ। विक तिनै हुन् जो २०६२÷०६२ सालको लोकतान्त्रिक आन्दोलनमा शहीद भएकी थिइन्। त्यो ठाउँमा राजा ज्ञानेन्द्रको सालिक राखेर ज्ञानेन्द्रचोक बनाउन लागिएको थियो। तर, परिवर्तनकारीले राजाको सालिक भत्काइदिए। त्यहाँ अश्रुग्याँसबाट सेतुको मृत्यु भएको थियो।
अहिले त्यो चोकको नाम सेतु विक चोक राखिएको छ। नेपालगन्जमा आपसी सहिष्णुता वातावरण छ। तर, कहिलेकाहीँ मुस्लिम र हिन्दूहरूको साम्प्रदायिक द्वन्दको फिलिङ्गोले धुरी जल्न पुग्छ। दुःख यसमै लाग्छ। त्रिभूवनचोकदेखि नजिक पूर्वमा महेन्द्र पार्क छ। हालका नेपालगन्जका मेयर धवल शमसेर राणा पहिलो पटक नगर अध्यक्ष हुँदा यो पार्कलाई मिनि चिडियाघर बनाइयो।
रानी तलाउ र धवल शमसेरज्युको अग्रसरतामा अहिले बन्दै गरेको वाटरपार्क पनि त्यतिकै प्रख्यात छ । नेपालगन्जमा चाडवाड सधैं विशेष हुने गर्छ। कृष्णाष्टमीमा बाटोमा मन्दिर बनाएर कृष्णको जन्म गराउने, झुला झुलाउने र भिडियो देखाउने चलन छ। दशैमा नवदुर्गाका मूर्तिहरू सडकभरि राखेर पूजा गर्ने गरिन्छ। तिहारमा मिठाई, लावा ९एकप्रकारको भुजा० र केटाकेटीले खेल्ने माटाका भाँडाकुटीहरू राखेर व्यापार गर्ने चलन छ।
होली खेलिसकेपछिको होली मिलनले नेपालगन्जवासीलाई एउटै डोरीमा बाँधेर राखेको छ। सानो छँदा सबैका घरमा टिभी हुँदैनथ्यो, चाडपर्वका बेला सडकभरि देखाइने भिडियो हाम्रो लागि विशेष खुशी बोकेर आउँथ्यो। हामी सडकमै बसेर भिडियो हेथ्र्यौं। मुश्लिम समुदायको चाड ताजिया पनि निकै रमाइलो हुने गर्छ। दसैँतिहारको रमाइलो त छँदैछ थप त्यस प्रकारको रमाइलोले महिनाको आधाआधी निकै रमाइलोसँग बित्थ्यो। नागरिक दैनिकबाट…
