भर्खरै : Sorry, your browser does not support inline SVG.
राष्ट्रिय मान्यता पाए पनि २ दल प्रमुख सचेतक सुविधाबाट वञ्चित | मध्यपूर्व द्वन्द्वको असर नेपालमा गहिरिँदै, भान्सादेखि अर्थतन्त्रसम्म दबाब | दैलेखको आठबीस नगरपालिका क्षेत्रको राकम–तिलेपाटा–छेपाडी सडक दयनीय, कहिले हुन्छ स्तरोन्नति? | लिपुलेक हुँदै भारत–चीन व्यापार पुनः सुरु, नेपाल सरकार मौन | पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः परामर्श ठेक्कामै ४६ करोड हिनामिना, ३० भन्दा बढीविरुद्ध मुद्दा | ८ महिनामा १४ खर्ब बढी वैदेशिक व्यापार, ११ खर्ब नाघ्यो व्यापार घाटा | नेपालमा कुखुरापालन व्यवसाय विस्तार, एक वर्षमा झण्डै ६१ अर्बको मासु कारोबार | चितवनमा हुरीले केराखेतीमा चार करोडभन्दा बढीको क्षति |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पार्टी नेतृत्वका लागि १० आकांक्षी


  • आश्विन ८, २०७७
  • 356 Views
पार्टी नेतृत्वका लागि १० आकांक्षी image

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका छन् । कांग्रेसभित्र हाल कायम रहेको सभापति शेरबहादुर देउवा गुटबाट तीन, वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाट ६ र १३औं महाधिवेशनबाट वैचारिक शक्तिका रूपमा उदाएको कृष्णप्रसाद सिटौला समूहबाट दुई नेताले पार्टी नेतृत्वका लागि आकांक्षा देखाएका हुन् । आकांक्षी बढेसँगै कांग्रेसभित्र हाल कायम गुटसमेत फुट्ने देखिएको छ ।

संस्थापन मानिएको समूहबाट आगामी महाधिवेशनका लागि सभापति देउवा, उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले तयारी अघि बढाएका छन् । यसैगरी इतर समूहबाट वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा। शशांक कोइराला, नेता डा। शेखर कोइराला र अर्का नेता अर्जुननरसिंह केसीले तयारी गरिरहेका छन् ।यसैगरी कांगेसभित्रको तेस्रो धारका रूपमा रहेको सिटौला समूहबाट नेता सिटौला र युवा नेता गगन थापाले पार्टी नेतृत्वका लागि तयारी गरिरहेका छन् ।
– गुटमा नै फुट
– संस्थापनबाट तीन र इतरबाट सात जनाको इच्छा
सभापति देउवाले पार्टी नेतृत्वका लागि पुनः एक पटक इच्छा देखाउँदै सोहीअनुसारको तयारीमा नेता कार्यकर्तालाई तयार गरिरहेका छन् भने गत सोमबार भएको एक भर्चुअल कार्यक्रममा समेत आउँदो निर्वाचनमा पार्टीलाई आफूले पहिलो बनाएरै छाड्ने भन्दै नेतृत्वका लागि संकेत गरेका छन् । यसैगरी, सो समूहबाट नेता गोपालमान श्रेष्ठले समेत आफू पनि सभापतिमा उठ्ने तयारी गरिरहेको बताउँदै आइरहेका छन् । उनले बुधबार राजधानीले गरेको प्रश्नमा समेत आफू सभापतिमा उठ्ने बताए ।

‘मेरो तयारी सभापतिमा नै हो, मेरै नाममा सहमति हुन्छ, त्यो प्रयास भइरहेको छ,’ नेता श्रेष्ठले राजधानीको जिज्ञासामा भने । यसैगरी संस्थापन समूहकै नेता तथा उपसभापति विमलेन्द्र निधिले समेत आफूलाई पार्टी नेतृत्वका लागि दाबी अघि सारी सकेका छन् । उनले सभापति देउवालाई भेटेरै आगामी महाधिवेशनमा आफू नेतृत्वका लागि तयार रहेको भन्दै सघाउन भनिसकेका छन् । उनले महामन्त्री शशांक कोइरालालाई समेत सहयोगका लागि आग्रह गरिसकेका छन् ।

‘निधिजीले सभापतिलाई भेटेरै नेतृत्वका लागि सघाउन भनिसक्नुभएको छ, उहाँ अब सभापति देउवाको समर्थन लिने कोसिसमा हुनुहुन्छ । उहाँ अब पछि हट्ने उम्मेदवार होइन,’ निधि निकट एक नेताले राजधानीसँग भने । राजधानी दैनिक …….

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.