भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

राष्ट्रिय मान्यता पाए पनि २ दल प्रमुख सचेतक सुविधाबाट वञ्चित

राष्ट्रिय मान्यता पाए पनि २ दल प्रमुख सचेतक सुविधाबाट वञ्चित

काठमाडौँ, ८ फागुन । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट ६ वटा दलले राष्ट्रिय मान्यता प्राप्त गरेका छन् । प्रत्यक्षतर्फ कम्तीमा १ सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्ने दलले राष्ट्रिय मान्यता पाउने कानुनी व्यवस्था छ ।

सो मापदण्ड पूरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका हुन् । राष्ट्रिय मान्यता प्राप्त दलहरूले सरकारबाट विभिन्न सेवा सुविधा पाउने व्यवस्था सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३ मा गरिएको छ । तर सोही ऐनका कारण दुई दल भने प्रमुख सचेतकको सुविधाबाट वञ्चित भएका छन् ।

ऐनको दफा २ (ञ) अनुसार प्रतिनिधिसभामा १० जना भन्दा बढी सदस्य भएका दलले मात्र प्रमुख सचेतक नियुक्त गर्न पाउने व्यवस्था छ । तर श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त मापदण्ड पूरा गर्न सकेका छैनन् । श्रम संस्कृति पार्टीले ७ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट मात्र जितेका कारण उनीहरूले प्रमुख सचेतकको सुविधा पाउने अधिकार गुमाएका हुन् ।

यसैबीच प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जितेको छ भने नेपाली कांग्रेसले ३८, नेकपा एमालेले २५ र नेपाली कम्युनिस्ट पार्टीले १७ सिट जितेका छन् ।

कानुनअनुसार प्रमुख सचेतकले सवारी सुविधा, चालक, कार्यालय, कर्मचारी तथा अतिथि सत्कार खर्चलगायतका सुविधा पाउने व्यवस्था छ । प्रमुख सचेतकलाई मासिक १५ हजार रुपैयाँ अतिथि सत्कार खर्च उपलब्ध गराइन्छ भने उपसचिवस्तरको स्वकीय सचिव राख्न पाउने प्रावधान समेत रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.