भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

चितवनमा हुरीले केराखेतीमा चार करोडभन्दा बढीको क्षति

चितवनमा हुरीले केराखेतीमा चार करोडभन्दा बढीको क्षति

मुख्य बुँदा

चैत २ गतेको हुरीले केराखेतीमा ठूलो क्षति

प्रारम्भिक अनुमान: ४ करोड रुपैयाँभन्दा बढी

२० वटा फार्ममा अनुगमन, १% देखि ८८% सम्म क्षति

मालभोग केरामा बढी असर (७८%)

बीमा तथा क्षतिपूर्ति प्रक्रियामा ढिलाइ हुँदा किसान चिन्तित

चितवन, ७ फागुन । चैत २ गते आएको हुरीका कारण चितवन जिल्लाका केराखेतीमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार करोड रुपैयाँभन्दा बढीको केरामा क्षति भएको पाइएको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मीका अनुसार बुधबार र बिहीबार गरिएको अनुगमनमा २० वटा फार्मको अवस्था मूल्याङ्कन गरिएको थियो। अनुगमनका क्रममा विभिन्न स्थानमा १ प्रतिशतदेखि ८८ प्रतिशतसम्म क्षति भएको देखिएको छ।

क्षति पुगेका क्षेत्रहरूमा भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी र कालिका नगरपालिकाका विभिन्न वडाहरू रहेका छन्। हुरीले विशेषगरी मालभोग केरामा बढी क्षति पुर्‍याएको छ भने जीनाइन केरामा पनि उल्लेखनीय असर देखिएको छ। समग्रमा करिब ४३.३५ प्रतिशत केरामा क्षति भएको अनुमान गरिएको छ।

केरा सुपरजोन चितवनका संयोजक विष्णुहरिका अनुसार केराखेतीको बीमा प्रक्रिया समयमै नहुँदा किसानहरू मर्कामा परेका छन्। गत वर्षको क्षतिपूर्ति रकमसमेत अझै नपाएको गुनासो किसानले गरेका छन्। हाल जिल्लामा करिब २ हजार हेक्टर क्षेत्रमा व्यावसायिक केराखेती भइरहेको छ।

हुरीका कारण क्षति पुगेपछि किसानहरू आर्थिक र उत्पादन दुवै हिसाबले प्रभावित बनेका छन्। चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोका अनुसार क्षतिग्रस्त क्षेत्रको तथ्याङ्क संकलन भइरहेको छ भने बीमा गरेका किसानले पनि क्षतिपूर्ति पाउन ढिलाइ हुँदा निराशा बढेको छ।

 


Thali Mobile Pvt.Ltd.