भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारी अध्ययनको निष्कर्षः नवयुवा आन्दोलन’ भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह | इरानमा अझै पनि आक्रमण गर्न बाँकी रहेको इजरायलको दाबी | राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव नियुक्ति विवादित | समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगको रुजु प्रक्रिया सुरु | ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गराउनेमाथि कडा कारबाही गर्ने महानगरको चेतावनी | पेट्रोलमा इथानोल मिसाउने नीति लागू, अधिकतम १०% सम्म मिश्रण गर्न सकिने | फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन | पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मधेशका किसानका लागि विशेष कार्यक्रम ल्याउने सरकारको तयारी


  • श्रावण ७, २०८२
  • 302 Views
मधेशका किसानका लागि विशेष कार्यक्रम ल्याउने सरकारको तयारी image

काठमाडौं । मधेश प्रदेशमा खडेरीका कारण धेरै किसानले धान रोप्न नपाएपछि मर्कामा परेका किसानहरूका लागि संघीय सरकारले विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ।

मधेश प्रदेशलाई प्रदेश सरकारले सुक्खा क्षेत्र घोषणा गरिसकेकाले संघीय सरकारले विशेष कार्यक्रम ल्याउन लागेको कृषि मन्त्री रामनाथ अधिकारीले बताए।

आज बिहान ११ बजेपछि बस्ने मन्त्रिपरिषदको बैठकले मधेश प्रदेशका खडेरी पीडित किसान विशेष कार्यक्रमबारे निर्णय गर्ने बताए। उनले मधेश प्रदेशमा खडेरी परेकाले धेरै किसानहरूले धान रोप्न नपाएको र किसानहरू मर्कामा पर्नुका साथै अन्नको अभाव हुने भएकाले संघीय सरकारले केही विशेष कार्यक्रम ल्याउनु पर्ने प्रस्ताव आफूले राखेको उनको भनाइ छ।

यसैगरी मन्त्री अधिकारीले अनुदानको मल वितरणका लागि पारदर्शी व्यवस्था बनाएको बताएका छन्। विगतमा लुकाएर वा पक्षपातपूर्ण तरिकाले मल वितरण गर्ने गरिएको र प्राथमिकतामा पर्नुपर्ने किसानहरूले नपाएर अन्याय भएकोमा अबदेखि न्यायोचित हुने व्यवस्था गरिएको मन्त्री अधिकारीले बताए। उनले मलका लागि सरकारले छुट्याएको ९८ प्रतिशत रकम मलकै लागि खर्च गरिएको पनि स्पष्ट पारे। अन्नपूर्ण पोष्ट दैनिकबाट …..।

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.