भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारी अध्ययनको निष्कर्षः नवयुवा आन्दोलन’ भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह | इरानमा अझै पनि आक्रमण गर्न बाँकी रहेको इजरायलको दाबी | राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव नियुक्ति विवादित | समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगको रुजु प्रक्रिया सुरु | ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गराउनेमाथि कडा कारबाही गर्ने महानगरको चेतावनी | पेट्रोलमा इथानोल मिसाउने नीति लागू, अधिकतम १०% सम्म मिश्रण गर्न सकिने | फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन | पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मन्त्रीको ७८ लाख घुस ‘डिल’ प्रकरणः सत्तारूढ दलकै नेताहरू भन्छन्– प्रधानमन्त्री र एमालेमाथि नैतिक प्रश्न


  • असार २९, २०८२
  • 250 Views
मन्त्रीको ७८ लाख घुस ‘डिल’ प्रकरणः सत्तारूढ दलकै नेताहरू भन्छन्– प्रधानमन्त्री र एमालेमाथि नैतिक प्रश्न image

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको ‘डिल’ गरेको घटना बाहिरिएपछि सत्ताको नेतृत्वको गरेको उनको पार्टी एमालेमाथि नै नैतिक प्रश्न जन्मिएको छ ।

एमालेकै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी पनि मुछिएको यो प्रकरणमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले एक्सन लिनुपर्ने आवाज उठेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मन्त्री गुप्ताको घुस ‘डिल’ प्रकरणलाई गम्भीर रूपमा लिएको र प्रधानमन्त्रीले यसमा एक्सन लिनुपर्ने बताए ।

‘यो घटनालाई एमालेले गम्भीर रूपमा लिएको छ । कतिपय विषयमा छलफलभन्दा पनि एक्सनमा जानुपर्ने हुन्छ । यो प्रधानमन्त्रीको विषय हो,’ उनले भने । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने घुस ‘डिल’बारे आफू जानकार नभएकाले बुझेपछि मात्रै बोल्न सक्ने बताए ।

मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको छ । त्यस्तै, मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुस डिल गरेको छुट्टै अडियो पनि सार्वजनिक भएको छ ।

जसमा उनले भूमि व्यवस्थामन्त्री अधिकारीलाई पनि पोलेका छन् । यस विषयमा शनिबार नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो । सत्तासाझेदार कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले कुनै पनि मन्त्रीको विषयमा विवाद आउँदा सम्बन्धित पार्टी र प्रधानमन्त्रीले सोच्ने विषय भएको बताए ।

‘कुनै मन्त्रीको विषयमा विवाद भए सम्बन्धित पार्टी र प्रधानमन्त्रीले सोच्ने विषय हो,’ उनले भने, ‘घुस डिलबारे मलाई थाहा छैन । अडियो नै सार्वजनिक भएको र अख्तियारमा उजुरी परेको भए अख्तियारले त्यसको अनुसन्धान गर्ला ।’

कांग्रेस नेता प्रकाश रसाइलीले घुसकाण्ड डिल गरेको अडियो सार्वजनिक भइसकेकाले त्यस्ता मन्त्रिमाथि छानबिन गर्नुपर्ने र प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताए । शनिबार काठमाडौंमा भएका एक कार्यक्रममा उनले भने, ‘सरकारका मन्त्रीहरूको घुस डिल बाहिरिएपछि सरकारमाथि चुनौती थपिएको छ ।

सरकारले छानबिन गर्नुपर्छ । सरकारका मन्त्रीहरूले नैतिकता पनि देखाउनुपर्छ । यदि भएन भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट……।

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.