गुलरिया । फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि बर्दियामा ६ जना महिला उम्मेदवार बनेका छन्। २ क्षेत्र रहेको बर्दियामा ३७ राजनीतिक दलका प्रतिनिधि र ३ जना स्वतन्त्र गरी ४० जनाले मनोनयन दर्ता गरेका छन्।
बर्दिया–१ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जनमुक्ति पार्टीका चन्द्राकुमारी राजगुरु, मंगोल नेसनल अर्गनाइजेसनबाट ज्योति योञ्जन र नेपाल मजदुर किसान पार्टीकी पवित्रा शाहीले मनोनयनपत्र दर्ता गराएका हुन्। त्यस्तै क्षेत्र नम्बर २ मा एमालेकी विमला विक र नेपाल कम्युनिस्ट पार्टी संयुक्तबाट नीता शर्माले उम्मेदवारी दिएका छन्।
क्षेत्र नम्बर १ बाट घनश्याम अधिकारी, मोहन पौडेल तथा क्षेत्र नम्बर २ बाट नुतनकुमार चौधरी स्वतन्त्र उम्मेदवार बनेका छन्। बर्दिया–१ मा नागरिक उन्मुक्ति पार्टी नेपालबाट मुस्लिम समुदायका अब्दुल खानको मनोनयनपत्र दर्ता भएको छ। त्यस्तै दलित समुदायबाट श्रम संस्कृति पार्टीमा धनबहादुर विक, नेपाल मानवतावादी पार्टीबाट मेघबहादुर कामी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरबहादुर कामीले उम्मेदवारी दिएका छन्।
बर्दिया क्षेत्र नम्बर २ मा एमालेकी विमला विक र श्रम संस्कृति पार्टीका मानबहादुर बैगारले उम्मेदवारी दिएका छन्। जिल्लाका दुवै निर्वाचन क्षेत्रमा जेन–जी उमेर समूहका कुनै पनि उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छैनन्। सबैभन्दा कम उमेरका जनता समाजवादी पार्टी नेपालबाट ३१ वर्षीय मनोज यादव र सबैभन्दा बढी उमेरका श्रम संस्कृति पार्टीबाट ७४ वर्षीय दानबहादुर बैगारले उम्मेदवारी दिएका छन्। बर्दियामा १ जना मुस्लिम, ५ जना दलित र बाँकी अन्य जातिबाट उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गरेका हुन्।
जसमध्ये क्षेत्र नम्वर १ मा २२ जनाको उम्मेदवारी परेको छ। नागरिक उन्मुक्ति पार्टी नेपालबाट अब्दुल खान, नेपाल कम्युनिस्ट पार्टी ९संयुक्त० इन्द्रबहादुर रावल, घनश्याम अधिकारी स्वतन्त्र, नेपाल जनमुक्ति पार्टी चन्द्राकुमारी राजगुरु, मंगोल नेसनल अर्गनाइजेसन ज्योति योेञ्जन, राष्ट्रिय स्वतन्त्र पार्टी ठाकुर सिंह थारू, नेपाल कम्युनिस्ट पार्टी माओवादी तिमोथी चौधरी, आम जनता पार्टी दत्ता थारू, श्रम संस्कृति पार्टी धनबहादुर विक, निर्मल अधिकारी स्वतन्त्र, नेपाल मजदुर किसान पार्टी पवित्रा शाहीको मनोनयनपत्र दर्ता भएको छ।
समाजवादी पार्टी मनोज यादव जनता, नेपाल मानवतावादी पार्टी मेघबहादुर कामी, मोहन पौडेल स्वतन्त्र, जनमत पार्टी नेपाल यमनाथ घिमिरे, प्रगतिशील लोकतान्त्रिक पार्टी राजु रानाभाट, राष्ट्रिय जनमोर्चा लोकबहादुर रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टी वीरबहादुर कामी, नेपाली कम्युनिस्ट पार्टी विष्णुप्रसाद चौधरी, राष्ट्रिय परिवर्तन पार्टी श्यामप्रसाद थारू, नेपाली कांग्रेस सञ्जयकुमार गौतम र नेपाल कम्युनिस्ट पार्टी ९एमाले० बाट शालिकराम अधिकारीको मनोनयन दर्ता भएको अधिकृतको कार्यालयले जनाएको छ।
क्षेत्र नम्बर २ मा १८ जनाको उम्मेदवारी परेको छ। जनता समाजवादी पार्टीबाट अनिरुद्ध आर्य, नेपाली कांग्रेस किशोरसिंह राठोर, नागरिक उन्मुक्ति पार्टी नेपाल खुसीराम थारू, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० टीकाराम चौधरी, नेपाल मजदुर किसान पार्टी धर्मराज जैसी आचार्य, उज्यालो नेपाल पार्टी धर्मबहादुर चौधरी, नेपाल कम्युनिस्ट पार्टी संयुक्त नीता शर्मा, नुतनकुमार चौधरी स्वतन्त्र, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नेत्रराज आचार्यले मनोनयन दर्ता गराएका छन्।
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी एमालेबाट विमला विक, श्रम संस्कृति पार्टी मानबहादुर बैगार, राष्ट्रिय जनमोर्चा रतन सिंह रावत, आम जनता पार्टी रामेश्वर चौधरी, जनमत पार्टी शशीकुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टी श्रीधर पोख्रेल, नेपाली कम्युनिस्ट पार्टी सुरेश पन्थ, राष्ट्रिय प्रजातन्त्र पार्टी सुशील चौधरी, मंगोल नेसनल अर्गनाइजेसनबाट सोमबहादुर तमाङले मनोनयन पत्र दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट….
