भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारी अध्ययनको निष्कर्षः नवयुवा आन्दोलन’ भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह | इरानमा अझै पनि आक्रमण गर्न बाँकी रहेको इजरायलको दाबी | राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव नियुक्ति विवादित | समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगको रुजु प्रक्रिया सुरु | ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गराउनेमाथि कडा कारबाही गर्ने महानगरको चेतावनी | पेट्रोलमा इथानोल मिसाउने नीति लागू, अधिकतम १०% सम्म मिश्रण गर्न सकिने | फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन | पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

हेटौंडाको राप्ती खोला पुलले निम्त्याउँदै छ जोखिम


  • असार २१, २०८२
  • 98 Views
हेटौंडाको राप्ती खोला पुलले निम्त्याउँदै छ जोखिम image

हेटौंडा, २१ असार । पूर्व–पश्चिम राजमार्गको हेटौंडास्थित राप्ती खोलामा निर्माण गरिएको पुल मर्मतसम्भारको अभावले जोखिमयुक्त बन्दै गएको छ ।

वर्षायाममा आउने राप्ती खोलाको बाढीले पिलरमा धक्का पुर्‍याउँदा भित्रका फलाम देखिन थालेका छन् । २ सय १० मिटर लम्बाइ रहेको उक्त पुलमा सात वटा पिलर छन् । अधिकांश पिलरको बाहिरी भागको सिमन्टमा क्षति पुगेको छ ।

४३ वर्षअघि भारतीय कम्पनीले निर्माण गरेको पुलको हेटौंडातर्फको पहुँचमार्ग २०५९ सालमा बगेको थियो । २०३९ सालमा निर्माण गरिएको पुलको मर्मत अहिलेसम्म नहुँदा जोखिम बढ्दै गएको हो ।

‘पुलको अधिकांश पिलरको तल्लो भागमा फलामका रड देखिन थालेका छन्, त्यसको मर्मतसम्भार गर्ने तयारी भइरहेको छ, सडक डिभिजन कार्यालय हेटौंडाका सूचना अधिकारी यादव सुवेदीले भने, ‘सम्बन्धित विज्ञहरुबाट पुलको स्थलगत अध्ययन गराएर अनि विज्ञहरुकै सुझावअनुसार मर्मत गर्नेछौं ।’

फलाम देखिएका पिलरमा फर्मा ठोकेर सिमेन्टको ज्याकेटिङ गरेपछि पिलर सुरक्षित रहने उनले दाबी गरे । पिलरलगायत अन्य भागको बेलैमा मर्मत गरेमा क्षति कम हुने हेटौंडा(११ बासिन्दा सिद्धि श्रेष्ठले बताए ।

हेटौंडा उपमहानगरपालिका–१० र ११ नम्बर वडा बीच रहेको राप्ती खोलामा निर्माण गरिएको पुलको सातवटा प्यान रहेका छन् । उक्त पुल भएर दैनिक १० हजारभन्दा बढी सवारीसाधन आउजाउ गर्छन् । उक्त पुल निर्माण हुनुअघि राप्ती खोलामा कजवे निर्माण गरिएको थियो । कान्तिपुर दैनिकबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.