भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

मनाङ–लमजुङ सीमामा ३० मेगावाटको म्यार्दी जलविद्युत् आयोजना बन्ने

मनाङ–लमजुङ सीमामा ३० मेगावाटको म्यार्दी जलविद्युत् आयोजना बन्ने

मनाङ, २६ माघ । मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिकाको सीमामा ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ।

आयोजना निर्माणको प्रक्रिया अन्तर्गत वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदन तयारीको काम सुरु गरेको छ। म्यार्दी खोला हाइड्रोपावर कम्पनी प्रालि आयोजनाको प्रस्तावक रहेको छ।

नदी प्रवाही (Run-of-the-River) प्रकृतिको यस आयोजनाबाट वार्षिक औसत १७३.४४ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। आयोजनाबाट उत्पादन हुने विद्युत् १० किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत धारापानीस्थित २२० केभी क्षमताको मनाङ सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनेछ।

आयोजनाको कुल लागत तीन अर्ब ९० करोड ९७ लाख रुपैयाँ रहनेछ। यसअनुसार प्रतिमेगावाट लागत १३ करोड तीन लाख रुपैयाँ पर्नेछ। वन तथा वातावरण मन्त्रालयले आयोजनाका कारण पर्न सक्ने सम्भावित वातावरणीय प्रभावबारे सरोकारवाला तथा स्थानीयवासीलाई सुझाव तथा जानकारी दिन आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.