भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

शव व्यवस्थापनका लागि मुग्लाली एकता सेवा समाजद्वारा आर्थिक सहयोग

शव व्यवस्थापनका लागि मुग्लाली एकता सेवा समाजद्वारा आर्थिक सहयोग

मुम्बई, ६ फागुन । भारतको महाराष्ट्रस्थित भिवंडीमा क्रियाशील श्री मुग्लाली एकता सेवा समाजले आठविस नगरपालिका–९ निवासी स्वर्गीय शेरबहादुर सिजापतिको शव व्यवस्थापनका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

समाजका अध्यक्ष लालबहादुर सिँगौडे र उपाध्यक्ष रणबहादुर गोगलको अगुवाइमा समाजका पदाधिकारी तथा सदस्यहरूबाट रकम संकलन गरी सहयोग प्रदान गरिएको हो ।

सहयोग अभियानमा महिला उपाध्यक्ष देवी गुरुङ, सचिव विवेक सिँगौडे, कोषाध्यक्ष तर्कबहादुर गोगलसहित सदस्यहरू ददिराम गेलाल, रवि टम्ट्टा, गणेश गोगल, कमल सिँगौडे, राजु परियार र केशर विश्वकर्मालगायतले आर्थिक योगदान गरेका छन् ।

त्यस्तै बिर्ख विश्वकर्मा, जोर विश्वकर्मा, अनिल टम्ट्टा,  प्रदीप सुनार, सरिता विश्वकर्मा, भीमबहादुर गोगल र प्रेम सिँगौडे लगायत अन्य सहयोगीहरूले समेत गरी कुल १४ हजार ६ सय ७६ रुपैयाँ आर्थिक सहयोग गरेको समाजले जनाएको छ ।

समाजले विपद् तथा दुःखको घडीमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.