भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने

नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने

काठमाडाैं, २२ फागुन । नवलपरासी जिल्लामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतगणनाको तयारी पूरा भएको छ। जिल्लाका दुवै निर्वाचन क्षेत्रमा सर्वपक्षीय बैठक सम्पन्न भएपछि अब केही समयमै मतगणना सुरु गरिने तयारी गरिएको छ।

निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत प्रेमनारायण पराजुलीका अनुसार सर्वदलीय बैठक सकिएपछि आवश्यक व्यवस्थापन पूरा गरिएको छ र चाँडै मतगणना सुरु हुने छ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को मतगणना बर्दघाटस्थित बाढीपीडित क्षेत्रमा रहेको पुरानो नगरपालिकाको कार्यालयमा हुने व्यवस्था गरिएको छ। त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जिल्ला समन्वय समिति, परासीमा गरिने निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन आयोगका अनुसार नवलपरासीमा कुल २ लाख ५४ हजार १५७ मतदाता रहेका छन्। तीमध्ये १ लाख ७२ हजार ३१४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

अब मतगणना सुरु भएपछि जिल्लाको चुनावी परिणाम क्रमशः सार्वजनिक हुँदै जाने अपेक्षा गरिएको छ।