भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

नेपाल स्कटल्यान्डसँग रोमाञ्चक खेलमा दुई रनले पराजित

नेपाल स्कटल्यान्डसँग रोमाञ्चक खेलमा दुई रनले पराजित

काठमाडौँ, २६ जेठ । क्रिकेटको मैदानमा फेरि एक पटक इतिहास रच्ने प्रयासमा थियो नेपाल। तर स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा आयोजित आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालको साहसिक यात्राले दुःखद मोड लियो ।

दुई रनको झिनो अन्तरले नेपाल पराजित भयो । ३२४ रनको कठिन लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेपाली टोलीले अन्तिमसम्म संघर्ष गर्‍यो। ५० ओभरको अन्त्यमा नेपाल ३२१ रनमा समेटियो । केवल दुई रनले चुक्नु त्यो क्षण, जब जित एक हत्केलामा थियो तर चिप्लेर गयो।

भीम सार्की, जसले ८५ बलमा ८ चौकासहित ७३ रनको सानदार अर्धशतक बनाउँदै नेपालको इनिङलाई मेरुदण्ड दिए। उनले आरिफ शेखसँग ९४ रनको साझेदारी गर्दै टोलीलाई संकटबाट उकासे। शेखले पनि ५५ बलमा ५ चौकासहित ३९ रन बनाए ।

उपकप्तान दीपेन्द्रसिंह ऐरीको साहसी इनिङले खेलमा फेरि आशाको झिल्को ल्यायो । ५१ बलमा ५६ रन गर्दै उनले सोमपाल कामीसँग मिलेर सातौँ विकेटका लागि १०५ रनको शानदार साझेदारी गरे। सोमपालले ४४ बलमा ३ चौका र ४ छक्कासहित ६७ रनको विस्फोटक योगदान दिए । तर स्कटल्यान्डको बलिङ आक्रमण पनि कम थिएन। म्याकेन्जी जोन्सले तीन विकेट लिए भने शफिया शरिफ र माइकल लिस्कले दुई–दुई विकेट लिए। अन्य बलरहरू ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले एक–एक विकेट लिँदै नेपालको जीतको आशामा ब्रेक लगाए।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रनको विशाल स्कोर खडा गरेको थियो। रिची बेरिङ्टनले ११४ बलमा ६ चौका र ४ छक्कासहित शानदार १०२ रन बनाउँदै कप्तानको जिम्मेवारी पुरा गरे। माइकल लिस्क १२ चौका र ३ छक्कासहित ६२ बलमा अविजित ९६ रनमा रहे।

चार्ली टियरले पनि ६८ रन बनाए भने मार्क वाट र फिनले म्याकक्रियाथले साना तर महत्त्वपूर्ण योगदान दिए। नेपालका लागि बलिङतर्फ करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए भने ललितनारायण राजवंशीले एक विकेट लिएका थिए। दुई रनको यो पराजय नेपालका लागि पीडादायी हो, तर टोलीको प्रदर्शनले फेरि प्रमाणित गर्‍यो-संघर्ष कहिल्यै व्यर्थ हुँदैन।