भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

विश्वकप अघि नेपालले युएई र क्यानडासँग वार्मअप खेल खेल्ने

विश्वकप अघि नेपालले युएई र क्यानडासँग वार्मअप खेल खेल्ने

काठमाडौं , १३ माघ २०८२ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को तयारीस्वरूप दुईवटा वार्मअप खेल खेल्ने भएको छ । आईसीसीले सार्वजनिक गरेको वार्मअप खेल तालिकाअनुसार नेपालले विश्वकप अघि युएई र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।

तालिकाअनुसार नेपालले युएईविरुद्ध फेब्रुअरी ३ मा चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्नेछ । उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । त्यसैगरी नेपालले क्यानडाविरुद्ध फेब्रुअरी ५ मा चेन्नईमै खेल्ने तालिका रहेको छ । यो खेल दिउँसो १ : १५ बजेदेखि सुरु हुनेछ ।

विश्वकपको तयारीका लागि श्रीलंकामा अभ्यास सकेर नेपाली टोली भारत पुगेको छ । वार्मअप खेल अघि नेपालले भारतमा थप अभ्यास खेल पनि खेल्नेछ । क्यानका अनुसार नेपाली टोलीले जनवरी २९ मा मुम्बई क्रिकेट एसोसिएसन प्रेसिडेन्ट इलेभेनसँग र जनवरी ३१ मा सिसिआईसँग अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली आईसीसी टी–२० विश्वकपमा तेस्रो पटक सहभागी हुँदैछ । आईसीसी पुरुष टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुनेछ ।

नेपाल रहेको समूहमा स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज छन् । नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इङल्यान्डसँग खेल्नेछ । त्यसपछि फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

नेपालले समूह चरणका सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्नेछ ।

 


Thali Mobile Pvt.Ltd.