काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले बेस्ट वेस्टर्न प्लस काठमाडौँ होटलसँग साझेदारी गरेको छ।
यस साझेदारी अन्तर्गत बैंकका कार्डवाहकहरूले होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनेछन्। साथै, होटलभित्रका रेष्टुरेन्ट तथा अन्य सेवामा पनि छुटको व्यवस्था गरिएको छ।
बैंकका अनुसार, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा भोजनमा, बेकरीका सम्पूर्ण सामग्रीमा र होटलको स्विमिङ पुल प्रयोगमा १० प्रतिशत छुट पाउने सुविधा ग्राहक तथा कर्मचारीले प्राप्त गर्नेछन्।
बैंकले विश्वास व्यक्त गरेको छ कि यस सहकार्यबाट आफ्ना ग्राहक र कर्मचारीलाई प्रत्यक्ष लाभ हुनेछ र उनीहरूको अनुभव अझ सन्तोषजनक बन्नेछ।