भर्खरै : Sorry, your browser does not support inline SVG.
ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु |

चाडपर्वले समुदायबीच सद्भाव र एकताबद्ध गर्न सघाउँछन्ः राष्ट्रपति र प्रधानमन्त्री

चाडपर्वले समुदायबीच सद्भाव र एकताबद्ध गर्न सघाउँछन्ः राष्ट्रपति र प्रधानमन्त्री

काठमाडौं । होली पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले रङहरूको पर्वले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने बताएका हुन ।

‘होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशीयालीमा मनाइने हुँदा समस्त नेपालीबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास मैले लिएको छु’, राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।

यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

होली पर्वले समुदायबीच सद्भाव बढाउने प्रधानमन्त्री पुष्पकमल दाहालले पनि बताएका छन् । समुदायलाई एकताबद्ध बनाउन चाडपर्वको महत्व रहेको प्रधानमन्त्री दाहालले बताएका हुन । प्रधानमन्त्री दाहालले होली पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘हाम्रा चाडपर्वले समुदायबीच सद्भाव बढाउँछन् । समुदायलाई एकताबद्ध गर्न सघाउँछन् । ‘विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्ध न एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्दछन् ।’ प्रधानमन्त्री दाहालको सन्देशमा व्यक्त गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.