भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

चार मन्त्रीले सिंगो देशको ध्यान तान्दै छौँः रवि लामिछाने

चार मन्त्रीले सिंगो देशको ध्यान तान्दै छौँः रवि लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू गन्तव्यमा स्पष्ट रहेको बताएका छन् । रास्वपाको दोस्रो स्थापना दिवसका अवसरमा शुभकामना दिँदै उनले कैयौँ कठिनाइ चिर्दै आफूहरू अघि बढेको स्मरण गरेका छन् । वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गर्दै आफूहरू अघि बढ्ने उनले बताएका छन् । विभिन्न परिस्थितिको सामना गरिसकेको उल्लेख गरेका छन् ।

“बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुंगा खस्छ । आमनागरिक एवं रास्वपा परिवारका तमाम सदस्य, शुभचिन्तकहरूको आशा र अपेक्षासहितका अग्लाअग्ला पहाडहरू काँधमा बोकेर हामी अहिले भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ,” शुक्रबार सामाजिक सञ्जालमा उनले लेखेका छन् । “हामी हाम्रो यात्रामा अविचलित छौँ । सम्झ्नुस् त, देश तथा विदेशका टोलटोल, बस्तीबस्तीका आममान्छेको आवाज बोल्दाबोल्दै त्यो आवाजलाई ‘घण्टी’मा रूपान्तरण गरेर दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ,” उनले लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, “२१ सांसदले एक वर्षमा सिंगो सदनको ध्यान तान्यौँ, चार मन्त्रीले सिंगो देशको ध्यान तान्दै छौँ ।”