भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

नियमनकारी निकाय स्वार्थ समूहको हातमा : उच्चस्तरीय सुझाव आयोग

काठमाण्डौ । अर्थतन्त्रका समस्या पहिचान गरी सुधारका लागि सुझाव दिन गठित उच्चस्तरीय आयोगले कतिपय नियामक निकायको काम कारबाहीमै प्रश्न उठाएको छ ।पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा गठित आयोगले आज उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई बुझाएको प्रतिवेदनमा कतिपय नियामक निकायले गरेका निर्णय वा स्वीकृति खास समूहलाई लाभ पुग्ने गरी गरिएको उल्लेख छ ।

यसले आमरूपमै सार्वजनिक संस्थामाथिको भरोसा कमजोर बनेको आयोगले जनाएको छ ।आयोगले अत्यधिक निर्वाचन खर्च र राजनीतिक दलका नेताको खर्चिलो जीवनशैलीलगायत कारणले भ्रष्टाचार मौलाउँदै गएको र सार्वजनिक सुशासन बिग्रँदै गएको पनि प्रतिवेदनमा उल्लेख गरेको छ ।हरेक क्षेत्रमा राजनीतिक अतिक्रमण, राजनीतिक नियुक्ति तथा साँठगाँठ र भ्रष्टाचारका कारण स्रोत विनियोजन प्रक्रियामा अनुचित प्रभाव परेकोले अपेक्षित विकास हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

उच्चस्तरीय आयोगले राजनीतिक स्थिरताको अभाव र आर्थिक गतिविधि नबढ्दा आममानिस निराश भएको उल्लेख गरेको छ । सशस्त्र द्वन्द्वको समय, महाभूकम्प, भारतको नाकाबन्दी वा कोभिड–१९ कालमा भन्दा बढी निराशा फैलिरहेको उल्लेख गर्दै आयोगले उपभोग र लगानीलाई प्रभावित गरिरहेको जनाएको छ ।रासस

 


Thali Mobile Pvt.Ltd.