भक्तपुर । चन्द्र मासको आधारमा कार्तिक शुक्ल पूर्णमाका दिन मनाइने सकिमाना पुन्ही भक्तपुरमा हर्ष उल्लासका साथ मनाइएको छ। मुख्यगरी भक्तपुर नगर क्षेत्र र मध्यपुर थिमिमा हर्ष उल्लासका साथ सकिमाना पुन्ही मनाइएको हो ।
टौमढी , दतात्रय मंदिर प्राङ्गण , बाराही द्यो छे लगायतका भित्री नगर र मध्यपुर थिमिको नगदेश, बोदे र थिमि लगायतका स्थानमा शुक्रबार विशेष रौनक छाएको छ । यी स्थानहरु संगीतमय बनेको थियो । विभिन्न दाफा भजन खल, भजन समूह र भजन मण्डलीहरूले पृथक प्रस्तुति दिएका थिए ।
मन्दिर, देवालयअगाडि विभिन्न अन्न चढाएर मन्दिर र भगवानहरूको आकर्षक चित्र बनाएका थिए । सांस्कृतिक बाद्यबादन सामग्री बजाएर भजन प्रस्तुत गरेका थिए ।