काठमाण्डौ । दशैँमा धेरै नखान र चिल्लो पिरो कम गर्न सुझाइएको छ । घरघरमा फलफूल, रोटी, मिठाइ तथा माछामासुको धेरै प्रयोग हुने भएकाले चिल्लो पिरो कम गर्न पोषणविदहरुले सझाएका हुन ।
स्वास्थ्यको ख्याल नगरी यस्ता खानेकुरा खानाले यो बेला मात्रै होइन अरू बेला पनि उस्तै असर गर्ने भएकाले सजक रहन आग्रह गरिएको हो । विशेषगरी दशैँमा अलि धेरै नै परिकार बन्ने र खाने हुँनाले लगत्तै अस्पतालमा बिरामीमो चाप बढ्ने गरेको छ ।
दशैँ पर्व विशेष पर्व भएकाले नयाँ लुगा लगाउने, मीठो खाने पर्वका रुपमा लिने गरिन्छ । घरमै तयार गरिएका परिकार मात्रा मिलाएर ठिक्क खाए स्वास्थ्यलाई फरक नपर्ने पोषणविद्ले बताएका छन् । कुनै पनि परिकार एकैपटक पकाउने र त्यसलाई तताउँदै खानु पनि राम्रो नहुने बताइएको छ ।
दशैँमा माछामासुको बढी प्रयोग हुने भएकाले यसका साथमा हरियो सागसब्जी तथा फलफूल, दही, सलाद पनि खान पोषणविद्हरुको सुझाव छ । चिल्लो, पिरो कम भएका स्वस्थकर परिकारले स्वास्थ्यलाई हानी नोक्सानी नगर्ने र चिल्लो, पिरो, नुनिलोको मात्रा धेरै हुँदा अपच हुने, कब्जियत, ग्यास्ट्रिक पनि हुन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।
पानी प्रशस्त पिउन, कोल्ड ड्रिङ्क्सको सट्टा नरिवल पानी, मोही, लस्सी खान पोषणविद्को आग्रह छ । पटकपटक प्रयोग गरिएको तेलमा तारेका खानेकुरा नखान सुझाइएको छ ।