भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

सुनकोसी नदिमा डुबेर बेपत्ता भएका तीनै बालबालिकाको शव भेटियो

सुनकोसी नदिमा डुबेर बेपत्ता भएका तीनै बालबालिकाको शव भेटियो

काठमाडौं । चैत ११ गते आइतबारका दिन होली खेलेर नुहाउने क्रममा सुनकोसी नदिमा डुबेर बेपत्ता भएका तीनै जना बालबालिकाको शव फेला परेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका १४ साउने बजारका १२ बर्षीय रेखा मगर, ९ बर्षीय रिदम मगर र १२ बर्षीय लोक बहादुर मगर बेपत्ता भएका थिए । बेपत्तामध्ये रिदम मगरको सव हिजो मंगलबार बेलुका घटनास्थल भन्दा एक किलोमीटर तल घिर्लिङ भन्ने ठाउँमा भेटिएको हो ।

रेखा मगरको शव घटनास्थलदेखि दुई किलोमीटर तल सिम्लेमा र लोक बहादुर मगरको शव आज बुधबार दिउँसो एककिलोमिटर तल फेल परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।

बेपत्ता बालबालिकाको खोजिका लागि सशस्त्र प्रहरी बल नम्बर १ बराहबाहिनी पकलीका प्रहरी निरीक्षक उमेश काफ्लेको कमाण्डको ११ सदस्यीय आधुनिक बोट सहितको गोताखोरको टोली खोजतलासमा जुटेका थिए ।

 


Thali Mobile Pvt.Ltd.