भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

बारा, १५ असार । बाराको प्रसौनी गाउँपालिका र कलैया उपमहानगरपालिका जोड्ने बञ्जरिया खोलाको बंगेरी पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा हर्षित भएका छन्। २०७१ सालमा निर्माण सम्झौता भएको यो पुल दुई वर्षभित्र सम्पन्न हुने लक्ष्य थियो।

तर ११ वर्षपछि, २०८२ सालको जेठ तेस्रो सातादेखि मात्रै पुल सञ्चालनमा आएको हो। स्थानीय मनोहर अन्सारीका अनुसार पुल नहुँदा बर्खामा खोलाले बाटो बगाउने, घुमेर जानुपर्ने, र दैनिक कठिनाइ व्यहोर्नुपर्थ्यो। अब भने पुल सञ्चालनमा आएपछि सहज भएको उनको अनुभव छ।

प्रसौनी–७ का मन्सी महतो धानु, इनर्वासिराका असिद महमदजस्ता बासिन्दाले वर्षौँको प्रतिक्षा पूरा भएको भन्दै खुसी व्यक्त गरेका छन्। बाढी, कीचड र घुम्ती बाटोले थला पारेको जनजीवन अब सहज भएको उनीहरूको भनाइ छ।

यो पुल ५ करोड ४३ लाख रुपैयाँ लागतमा एलाइट–मोना जेभी निर्माण कम्पनीले बनाएको हो।वीरगञ्ज महानगर वडा नं १९ का वडाध्यक्ष मुकेश चौरसिया ठेकदार रहेको यो परियोजनामा सुरुवातमा मोना कम्पनीले काम लिएर अलपत्र पारिदिएको थियो। पछि एलाइटले बाँकी काम सम्पन्न गरेको हो।

एलाइटका प्रतिनिधि अजय पौडेलका अनुसार स्थानीय विवाद, जग्गा मुआब्जा र ढिलो ढालिएको प्रशासनिक प्रक्रियाका कारण निर्माणमा लामो समय लाग्यो। पुल निर्माण कार्य अत्यन्त ढिलाइ भएपछि बारा–४ का संघीय सांसद किसान श्रेष्ठले ठेकदारलाई चेतावनी दिएका थिए।

जेठ १५ भित्र काम सक्न चेतावनी दिइएपछि तीव्र गतिमा बाँकी काम सम्पन्न भएको हो। पुल सञ्चालनमा आएसँगै शिक्षा, रोजगारी र स्वास्थ्य सेवामा पहुँच सहज बनेको भन्दै सांसद श्रेष्ठले यो पुल ‘उदाहरणीय सफलता’ भएको बताए।