भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट

दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट

मुख्य बुँदा

दूध अभावका कारण चितवन मिल्क उद्योग तीन महिनादेखि बन्द ।

वैशाखदेखि पाउडर दूध र नौनी उत्पादन पूर्ण रूपमा ठप्प ।

उद्योगमा एक हजार बोरा पाउडर दूध मात्र मौज्दात ।

भारतमा दूधको माग बढेपछि नेपालमा प्रशोधनका लागि दूध अभाव ।

उद्योगले भदौदेखि दूध आपूर्ति बढ्ने अपेक्षा गरेको छ ।

भरतपुर, १० साउन । दूधको अभाव भएपछि चितवन मिल्क उद्योग विगत तीन महिनादेखि बन्द भएको छ । डेरी तथा सहकारी संस्थाबाट संकलित दूध प्रशोधन गरी पाउडर दूध र नौनी उत्पादन गर्दै आएको उद्योगमा कच्चा पदार्थको अभाव भएपछि उत्पादन पूर्ण रूपमा रोकिएको हो ।

उद्योगका प्रबन्धक दुर्गा पराजुली का अनुसार विगतका वर्षमा असार र साउन महिनामा मात्र दूध अभाव हुने गरे पनि यस वर्ष वैशाखदेखि नै उद्योग बन्द हुन पुगेको छ । उद्योगमा डेरी र सहकारीहरूले भण्डारण गरेको नौनी लगभग सकिएको छ भने पाउडर दूध करिब एक हजार बोरा मात्र मौज्दात रहेको उनले बताए ।

गत वर्षहरूमा यही समयमा उद्योगमा करिब ५०० टन नौनी र ६ हजार बोरा पाउडर दूध मौज्दात रहने गरेको थियो । चितवन, मकवानपुर, नवलपरासी र रूपन्देहीलगायत जिल्लाबाट दूध संकलन हुने गरेको उद्योग हाल दूध आपूर्ति बढ्ने प्रतीक्षामा रहेको छ ।

भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले २०७५ सालदेखि डेरी र सहकारीको दूध प्रशोधन गर्दै आएको छ । उद्योगले प्रतिलिटर पाउडर दूध प्रशोधनमा ११३ रुपैयाँ तथा घ्यू (बटर) प्रशोधनमा प्रतिकिलो ५५ रुपैयाँ शुल्क लिँदै आएको छ । उद्योगमा हाल ३३ जना कर्मचारी कार्यरत छन् ।

२०६४ सालमा स्थापना भएको यो उद्योग २०७२ सालको भूकम्पपछि केही समय बन्द भएको थियो । त्यसअघि उद्योगले आफैँ दूध खरिद गरी प्रशोधन गरेर बजारमा बिक्री गर्ने गरेको थियो ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगाले का अनुसार भारतीय सीमा क्षेत्रमा दूधको माग बढेपछि नेपालबाट दूध भारततर्फ जान थालेको छ ।

भारतमा दूधको अभाव रहेकाले नेपाली दूधले राम्रो बजार र मूल्य पाएको छ । त्यसकै प्रभावले स्वदेशी प्रशोधन उद्योगहरूमा दूधको अभाव सिर्जना भएको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.