भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

मुख्य बुँदा

म्यानमारबाट १४ नेपाली उद्धार

थप ११ नेपालीको उद्धार प्रक्रियामा

म्यावडीमा अनलाइन ठगी केन्द्रहरूबाट ३८ नेपाली र २० देशका २ हजारभन्दा बढी विदेशी थाइल्याण्ड पुगे

दूतावासले वैदेशिक रोजगारीमा प्रलोभनमा नपर्न चेतावनी

काठमाण्डौ, २० कार्तिक । विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपाली उद्धार भएका छन्। उनीहरूलाई म्यानमारस्थित नेपाली दूतावासको पहलमा म्यावडीबाट उद्धार गरी हिजो नेपाल पठाइएको छ।

दूतावासका अनुसार, म्यानमारमा रहेका थप ११ जना नेपालीको उद्धारका लागि पनि चाँडै पहल भइरहेको छ। म्यानमारको म्यावडीमा रहेका विभिन्न अनलाइन ठगी केन्द्रहरूबाट दुई हप्तामा ३८ जना नेपालीसहित विभिन्न २० देशका दुई हजारभन्दा बढी विदेशी थाइल्याण्ड प्रवेश गरेका थिए।

ती ३८ नेपालीलाई पनि नेपाल फर्काउन थाइल्याण्डका सम्बन्धित निकायसँग समन्वय भइरहेको दूतावासले जनाएको छ। साथै दूतावासले सबैलाई श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान र कसैको प्रलोभनमा नपर्न अह्वान गरेको छ।