एजेन्सी, १९ मंसिर । ताइवानले लोकप्रिय चिनियाँ सामाजिक सञ्जाल एप रेडनोट (Xiaohongshu) माथि एक वर्षका लागि प्रतिबन्ध लगाएको छ।

अनलाइन किनमेलमार्फत बढ्दो ठगीका घटनापछि यस्तो कदम चालिएको ताइवान प्रहरीले जनाएको छ। ताइवानको आपराधिक अनुसन्धान ब्युरो (CIB)का अनुसार गत वर्षदेखि रेडनोट एपमा १,७०० भन्दा बढी ठगीका घटना दर्ता गरिएका छन्।

यी घटनाबाट ७९ लाख अमेरिकी डलरभन्दा धेरै रकम हानिनोक्सान भएको स्थानीय मिडियाले जनाएको छ। रेडनोट टिकटक जस्तै भिडियो–सम्बन्धी सामाजिक सञ्जाल प्लेटफर्म हो, जसमा बिल्ट–इन अनलाइन किनमेल सुविधा छ ।

प्रतिबन्धसँगै ताइवानका इन्टरनेट सेवा प्रदायकहरूलाई एपमा पूर्ण पहुँच रोक्न आदेश दिइएको छ, जसले ३० लाखभन्दा बढी स्थानीय प्रयोगकर्ता प्रभावित हुने अनुमान छ।

ताइवानका समाचार संस्थाहरूका अनुसार डाटा सुरक्षा मापदण्ड पूरा गर्न असफल, र अनलाइन ठगी बढाउने कमजोर प्रणालीका कारण एप प्रयोगकर्तालाई जोखिममा पारेको ठहर गर्दै प्रतिबन्ध लगाइएको हो।

सन् २०१३ मा सुरू भएको रेडनोट (सियाओहोङ्शु)का विश्वभर करोडौँ प्रयोगकर्ता छन् र यो विशेषगरी एशियाली बजारमा निकै लोकप्रिय छ।

मुख्य बुँदा 

अनलाइन ठगीका घटना बढ्दै, प्रहरीको सचेतना अपिल

सामान प्राप्त भएपछि मात्र भुक्तानी गर्न सुझाव

असामान्य सस्तो मूल्यमा पाइने वस्तु चोरी वा ठगीसम्बन्धी हुनसक्ने चेतावनी

अग्रिम भुक्तानी, स्क्रिन शेयर र ओटीपी ठगीका नयाँ शैली

सामाजिक सञ्जालमार्फत सहयोग माग्दा प्रत्यक्ष सम्पर्क गरी पुष्टि गर्न सुझाव

विदेशबाट उपहार पठाएको भन्ने दावीमा विश्वास नगर्न

अनलाइन रोजगारी र लगानी ठगीबाट सावधान रहन आग्रह

कठिन पासवर्ड, व्यक्तिगत विवरण गोप्य राख्ने र अपरिचित लिंक नखोल्ने सुझाव

काठमाडौँ, २२ कार्तिक । अनलाइन खरिद–बिक्रीका माध्यमबाट हुने ठगीका घटना तीव्र गतिमा बढ्दै गएपछि प्रहरीले सर्वसाधारणलाई सावधान रहन अनुरोध गरेको छ।

काठमाडौं प्रहरी परिसर र कास्की प्रहरीले छुट्टाछुट्टै सूचनामार्फत् अनलाइन खरिदमा सचेत रहन आग्रह गरेका हुन्।

प्रहरीका अनुसार अनलाइनबाट सामान किन्ने बेला सामान प्राप्त भएपछि मात्र भुक्तानी गर्न, भरपर्दो विक्रेतासँग मात्र कारोबार गर्न र असामान्य रूपमा सस्तो मूल्यमा उपलब्ध गराइएका वस्तुहरू चोरी वा ठगीसम्बन्धी हुनसक्ने भएकाले सावधान रहन सुझाव दिइएको छ।

अनलाइनमा सस्तो दर देखाएर अग्रिम रकम तिर्न लगाउने, पैसा आएको छैन भन्दै स्क्रिन शेयर गर्न लगाउने, र त्यस क्रममा ‘ओटीपी’ (इत्ए) लिएर खाता ह्याक गरी ठगी गर्ने घटना बढेकाले प्रहरीले कसैसँग पनि मोबाइल स्क्रिन शेयर नगर्न चेतावनी दिएको छ।

त्यसैगरी, सामाजिक सञ्जालमार्फत साथी वा आफन्तका नाममा आर्थिक सहयोग मागिने घटनामा पनि सतर्क रहन सुझाव दिइएको छ। प्रहरीका अनुसार यस्ता अवस्थामा प्रत्यक्ष सम्पर्क गरी सत्यता पुष्टि गरेपछि मात्र सहयोग गर्नुपर्छ।

प्रहरीले विदेशबाट उपहार वा महँगो सामान पठाएको भन्ने दावीहरूमा विश्वास नगर्न, अनलाइन रोजगारीका अवसर देखाएर लगानी गराउन खोज्ने व्यक्तिबाट टाढा रहन, र वैदेशिक रोजगारीमा जाने क्रममा बैंकमार्फत पारदर्शी कारोबार गर्न आग्रह गरेको छ।

त्यस्तै, सामाजिक सञ्जाल र बैंकिङ एपमा कठिन पासवर्ड प्रयोग गर्न, अपरिचित व्यक्तिहरूसँग मित्रता नराख्न, व्यक्तिगत विवरण सार्वजनिक नगर्न, र सन्दिग्ध लिंकहरू नखोल्न पनि प्रहरीको सुझाव छ।

मुख्य बुँदा 

नेपालमा टेलिग्राम एप बन्द, सरकारको निर्देशनमा सेवा रोकियाे

टेलिग्राममार्फत अनलाइन ठगी र मनी लाउण्डरिङका गतिविधि बढेको दाबी

नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार प्रदायकलाई एप बन्द गर्न निर्देशन

साइबर अपराध नियन्त्रण गर्न सरकारको कडाइ

काठमाडौँ, ३ साउन । नेपाल सरकारले सामाजिक सञ्जाल टेलिग्राम एप बन्द गरेको छ। अनलाइन ठगी र मनी लाउण्डरिङका गतिविधिहरू बढ्दै गएपछि उक्त एपको पहुँच रोक्न सरकार बाध्य भएको हो।

प्राधिकरणको सूचनामा भनिएको छ, ‘अनलाइन फ्रडको सङ्ख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता समेत देखिएकोले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने र बन्द गर्ने व्यवस्था गर्न निर्देशन दिइएको हो।’

सरकारको यो कदमलाई साइबर सुरक्षाको दृष्टिकोणले आवश्यक भनिए पनि प्रयोगकर्ताबीच यसले सञ्चार स्वतन्त्रता र निजता अधिकारमाथि असर पार्न सक्ने भन्दै केही बहस पनि सुरु भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई टेलिग्राम एपको सेवा बन्द गर्न निर्देशन दिएको छ।