भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था नासाले ब्लु ओरिजिनको प्रक्षेपणस्थलमा भएको विस्फोटका कारण चन्द्रमा अन्वेषण अभियान प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरेको छ।

फ्लोरिडाको केप क्यानाभेरल अन्तरिक्ष केन्द्रमा ब्लु ओरिजिनको ‘न्यु ग्लेन’ रकेटको इन्जिन परीक्षणका क्रममा शक्तिशाली विस्फोट भएपछि प्रक्षेपणस्थलमा ठूलो क्षति पुगेको बताइएको छ।

उडानअघि गरिने स्थिर इन्जिन परीक्षणका क्रममा भएको दुर्घटनापछि उक्त प्रक्षेपणस्थल पुनः सञ्चालनमा आउन सन् २०२८ सम्म लाग्न सक्ने अनुमान नासाका अधिकारीहरूले गरेका छन्।

यो प्रक्षेपणस्थल न्यु ग्लेन रकेट प्रक्षेपणका लागि ब्लु ओरिजिनको एकमात्र सक्रिय साइट भएकाले कम्पनीका आगामी व्यावसायिक तथा वैज्ञानिक योजनामा प्रत्यक्ष असर पर्ने देखिएको छ।

नासाका प्रशासक जारेड आइज्याकम्यानका अनुसार क्षतिग्रस्त संरचनाको पुनर्निर्माण जटिल हुने भएकाले पूर्ण रूपमा सञ्चालनमा फर्किन लामो समय लाग्न सक्छ। यस घटनाले नासाको चन्द्रमा केन्द्रित ‘आर्टेमिस’ अभियानको समय तालिकामा समेत असर पर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।

हाल विस्फोटको कारण पत्ता लगाउने, प्राविधिक अध्ययन गर्ने तथा पुनर्निर्माण योजना तयार गर्ने काम भइरहेको छ। साथै क्षतिग्रस्त संरचनाको सरसफाइ प्रक्रिया पनि सुरु गरिएको छ।