काठमाडौं, २५ बैशाख । हर्मुज जलडमरुमध्य क्षेत्रमा बढ्दो तनावबीच अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाका तीन डेस्ट्रोयर सुरक्षित रहेको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत प्रतिक्रिया दिँदै ती युद्धपोतहरूमा कुनै क्षति नभएको दाबी गरेका हुन् ।
अमेरिकी सैन्य स्रोतका अनुसार इरानी पक्षबाट मिसाइल, ड्रोन तथा साना जहाजमार्फत अमेरिकी नौसैनिक जहाजहरूलाई लक्षित गरिएको थियो । अमेरिकी सेनाले ती आक्रमणहरूलाई सफलतापूर्वक निष्क्रिय पार्दै आवश्यक प्रतिकारात्मक कदम चालेको जनाएको छ ।
राष्ट्रपति ट्रम्पले अमेरिकी जहाजहरू सुरक्षित रहेको उल्लेख गर्दै इरानी आक्रमणकारी पक्षलाई भने उल्लेखनीय क्षति पुगेको दाबी गरेका छन् । उनले भविष्यमा यस्ता गतिविधि दोहोरिए अझ कडा प्रतिक्रिया दिइने चेतावनीसमेत दिएका छन् ।
ट्रम्पले इरानलाई छिटो कूटनीतिक सम्झौतामा आउन आग्रह गर्दै थप कडा कदम चालिन सक्ने सङ्केत गरेका छन् । विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज जलडमरूमध्य क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय सुरक्षा र ऊर्जा आपूर्तिमा चिन्ता थपिएको छ ।
अमेरिकी अधिकारीहरूले आफ्नो सेनाले सुरक्षा गर्न पूर्ण क्षमता राखेको जनाउँदै परिस्थिति थप जटिल बनाउन नचाहेको बताएका छन् । यस क्षेत्रको अवस्थालाई अन्तर्राष्ट्रिय समुदायले पनि नजिकबाट निगरानी गरिरहेको जनाइएको छ ।
इरानले अमेरिकी र इजरायली विस्फोट नभएका हतियार नियन्त्रणमा लिएको दाबी
जीबीयू–५७ ‘बंकर बस्टर’ बमसहित हजारौं बम बरामद
१५ भन्दा बढी भारी मिसाइल र ५२ रकेट निष्क्रिय पारिएको दाबी
बरामद हतियार ‘रिभर्स इन्जिनियरिङ’ गरी अध्ययन गर्ने तयारी
यसले इरानको सैन्य क्षमता बढ्न सक्ने विश्लेषण
काठमाडौं, १५ बैशाख । इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले देशका विभिन्न भागमा भएका हवाई आक्रमणका क्रममा विस्फोट नभएका अमेरिकी तथा इजरायली हतियारहरू नियन्त्रणमा लिएको दाबी गरेको छ।
इरानको सरकारी सञ्चारमाध्यम प्रेस टीभी का अनुसार सन् २०२५–२०२६ को द्वन्द्वका क्रममा खसालिएका तर विस्फोट नभएका अत्याधुनिक अमेरिकी हतियारहरू आईआरजीसीले नियन्त्रणमा लिएको हो। होर्मोजगान प्रान्त को बन्दर अब्बास स्थित ‘इमाम सज्जाद कप्र्स’ ले १५ भन्दा बढी भारी अमेरिकी मिसाइल निष्क्रिय पारेको जनाएको छ।
ती मिसाइलहरूलाई थप अध्ययनका लागि प्राविधिक तथा अनुसन्धान इकाइमा पठाइएको अलजजिरा ले जनाएको छ।त्यसैगरी जञ्जान प्रान्त को ‘अन्सार अल–महदी कप्र्स’ ले नौ हजार ५०० भन्दा बढी साना बम बरामद गरेको जनाएको छ। ती बमहरू मुख्यतया क्लस्टर हतियार प्रणालीबाट खसालिएका बताइएको छ।
सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा जीबीयू–५७ ‘बंकर बस्टर’ बम सफलतापूर्वक निष्क्रिय पारेर नियन्त्रणमा लिइएको दाबी गरिएको छ। उक्त बम जमिनमुनिका कडा संरचनाहरू ध्वस्त पार्न प्रयोग गरिने अत्याधुनिक हतियार मानिन्छ। साथै १५ भन्दा बढी भारी अमेरिकी मिसाइल र ५२ वटा रकेट पनि नियन्त्रणमा लिइएको बताइएको छ।
यी हतियारहरू एफ–१५, एफ–१६ र एफ–३५ विमानबाट प्रहार गरिएका एलबी–६५ र एलबी–८४ जस्ता हतियार रहेको जनाइएको छ।इरानले नियन्त्रणमा लिएका हतियारहरूलाई अध्ययन गरी ‘रिभर्स इन्जिनियरिङ’ प्रक्रिया अपनाउने तयारी गरेको जनाएको छ।
यस प्रक्रियामार्फत मिसाइलको गाइडन्स प्रणाली तथा ‘बंकर–पञ्चिङ’ प्रविधि अध्ययन गरी भविष्यमा आफ्ना मिसाइलहरू अझ सटीक र प्रभावकारी बनाउन सकिने आँकलन गरिएको छ। यसअघि पनि इरानले अमेरिकी आरक्यू–१७० र एमक्यू–९ रिपर ड्रोनलाई अध्ययन गरी आफ्नै ‘साहेद’ र ‘मोहाजेर’ ड्रोन श्रृंखला विकास गरिसकेको जनाएको छ।
विश्लेषकहरूका अनुसार ‘बंकर बस्टर’ प्रविधिको अध्ययनले इरानी मिसाइल क्षमतामा थप वृद्धि हुन सक्ने देखिएको छ। यस घटनाले अमेरिका र इजरायलका लागि रणनीतिक चुनौती थपिन सक्ने आकलन गरिएको छ।
पूर्वी प्रशान्त र क्यारिबियनमा तीन जहाजमाथि आक्रमण
११ जनाको मृत्यु पुष्टि
लागूऔषध तस्करीमा संलग्न रहेको अमेरिकी दाबी
अमेरिकी सेनालाई कुनै क्षति नभएको जानकारी
सेप्टेम्बरदेखि करिब ४० पटक समुद्री आक्रमण
१३० भन्दा बढी मानिसको ज्यान गएको दाबी
एजेन्सी । अमेरिकी दक्षिणी कमाण्डका अनुसार अमेरिकी सेनाले पूर्वी प्रशान्त र क्यारिबियन क्षेत्रमा तीनवटा जहाजमाथि आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ ।
सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरिएको जानकारीअनुसार पूर्वी प्रशान्त क्षेत्रको पहिलो जहाजमा चार जना, दोस्रो जहाजमा चार जना तथा क्यारिबियन क्षेत्रको तेस्रो जहाजमा तीन जनाको ज्यान गएको हो ।
कमाण्डले गुप्तचर सूचनाका आधारमा ती जहाजहरू लागूऔषध तस्करीका लागि परिचित मार्ग प्रयोग गरिरहेको र तस्करी गतिविधिमा संलग्न रहेको दाबी गरेको छ । उक्त आक्रमणमा अमेरिकी सेनातर्फ कुनै क्षति नभएको बताइएको छ ।
यद्यपि अमेरिकी प्रशासनले डुङ्गा, कार्गो वा मारिएका व्यक्तिहरूको पहिचानबारे विस्तृत प्रमाण सार्वजनिक गरेको छैन । रिपोर्टअनुसार सेप्टेम्बरको सुरुदेखि अमेरिकी सेनाले क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागूऔषध तस्करीमा संलग्न रहेको आरोप लागेका जहाजहरूमाथि करिब ४० पटक आक्रमण गरिसकेको छ, जसमा १३० भन्दा बढी मानिसको मृत्यु भएको जनाइएको छ ।
निकोलस मादुरोलाई पक्राउ गरिएको जनवरी ३ को सैन्य कारबाहीपछि पेन्टागनले जनवरीको अन्त्यदेखि समुद्री अपरेसन पुनः तीव्र बनाएको उल्लेख गरिएको छ ।
प्योङयाङ, ८ भाद्र । उत्तर कोरियाली सरकारी सञ्चार माध्यमका अनुसार शनिबार दुई नयाँ हवाई रक्षा मिसाइल परीक्षण गरिएको छ। परीक्षणका क्रममा देशका सर्वोच्च नेता किम जोङ उन स्वयं उपस्थित रहेर निरीक्षण गरेका थिए।
कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले ती मिसाइलहरूमा ‘उत्कृष्ट लडाइँ क्षमता’ र ‘अद्वितीय प्रविधि’ प्रयोग भएको बताएको छ। यद्यपि प्राविधिक विवरण भने खुलाइएको छैन।
केसीएनएले उल्लेख गरेको छ कि परीक्षणले ड्रोन र क्रूज मिसाइल जस्ता विभिन्न हवाई लक्ष्य नष्ट गर्न यी मिसाइल सक्षम रहेको प्रमाणित गरेको छ। यसअघि मंगलबार करिब ३० जना उत्तर कोरियाली सैनिकहरूले दुई देशबीचको असैन्यीकृत क्षेत्र पार गर्दा दक्षिण कोरियाले चेतावनीस्वरूप गोली चलाएको पुष्टि गरेको थियो।
संयुक्त राष्ट्रसंघीय कमान्डका अनुसार ती सैनिकहरू क्षणिक रूपमा सीमा नाघेर पुनः फर्किएका थिए।त्यसैबीच, उत्तर कोरियाले दक्षिण कोरियामाथि ‘जानाजानी उक्साउने गतिविधि’ गरेको आरोप लगाएको छ। यसै सन्दर्भमा दक्षिण कोरिया र अमेरिका सोमबारदेखि व्यापक सैन्य अभ्यासमा रहेका छन्।