भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

एजेन्सी । ५० वर्षपछि पहिलोपटक चालक दलसहित चन्द्रमा जाने अभियानको तयारी तीव्र पार्दै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो मेगा रकेट प्रक्षेपण स्थलमा पुर्‍याएको छ। ९८ मिटर अग्लो स्पेस लन्च सिस्टम (SLS) रकेटलाई फ्लोरिडाको केप क्यानाभेरलस्थित केनेडी अन्तरिक्ष केन्द्रबाट साढे ६ किलोमिटरको यात्रा गराएर प्रक्षेपण स्थल पुर्‍याइएको नासालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

रकेटलाई विशेष यन्त्रमार्फत ठाडो अवस्थामा राखेर सारिएको हो। अब अन्तिम परीक्षण र तयारी सम्पन्न भएपछि १० दिने आर्टेमिस–२ अभियानका लागि चार जना अन्तरिक्ष यात्रीहरू चन्द्रमाको परिक्रमा गर्न जानेछन्। नासाले फेब्रुअरी ६ तारिखपछि रकेट प्रक्षेपण हुने जनाएको छ।

यो सन् १९७२ को डिसेम्बरमा अपोलो १७ ले चन्द्रमाको सतहमा अवतरण गरेपछिको पहिलो चालक दलसहितको चन्द्रमा अभियान हो। आर्टेमिस–२ ले चन्द्रमामा अवतरण गर्ने छैन तर भविष्यमा आर्टेमिस–३ अभियानमार्फत चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरणका लागि आधार तयार गर्नेछ। नासाले आर्टेमिस–३ को प्रक्षेपण सन् २०२८ मा हुन सक्ने विश्वास गरेको छ।