भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

काठमाण्डौ, ३० जेठ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यावारिधि (पीएचडी) तहमा अध्ययन गर्न आउने सबै विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ। विश्वविद्यालयले तीन वर्षसम्म मासिक २० हजार रुपैयाँ शैक्षिक भत्ता समेत उपलब्ध गराउने जनाएको छ।

विश्वविद्यालय मकवानपुरको चितलाङमा रहेको छ र आगामी नोभेम्बर महिनाबाट अप्लाइड साइन्स सङ्कायअन्तर्गत स्नातकोत्तर र विद्यावारिधि तहका लागि भर्ना खुलाएको छ। विद्यावारिधि तहका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई), अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमटेरियल साइन्स एन्ड इन्जिनियरिङ, र सस्टेनेबल एन्ड रेजिलियन्स इन्फ्रास्ट्रक्चर गरी चार वटा विषयमा आवेदन दिन सकिनेछ।

स्नातकोत्तर तहमा भने अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमटेरियल साइन्स एन्ड इन्जिनियरिङ, र सस्टेनेबल एन्ड रेजिलियन्स इन्फ्रास्ट्रक्चर गरी तीन विषयमा भर्ना खुला गरिएको छ। स्नातकोत्तर तहको एक सेमेस्टरको शुल्क ७५ हजार रुपैयाँ तोकिएको छ। तर, स्नातकोत्तर विद्यार्थीहरूलाई २५ देखि १०० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।

विश्वविद्यालयका उपप्राध्यापक डा. राजिव सुब्बाले जानकारी दिनुभयो, “हरेक विषयबाट दुई-दुई जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सहित दुई वर्षका लागि मासिक १२ हजार रुपैयाँ भत्ता दिइनेछ। विद्यार्थीहरूले आगामी असार २० गते भित्र आवेदन दिन सक्नेछन्।” यो कदमले उच्च शिक्षा अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिएको छ।