भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

मुख्य बुँदा

अल–फशेरमा तीन दिनमै ६ हजारभन्दा बढीको मृत्यु

नरसंहार, यौनहिंसा र मानवअधिकार हननको आरोप

गृहयुद्धबाट १ करोड ३० लाखभन्दा बढी विस्थापित

अफ्रिका युनियनद्वारा समानान्तर सरकारको घोषणाको निन्दा

खार्तुम। सुडानको अल–फशेर शहरमा अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को आक्रमणमा तीन दिनभित्रै ६ हजारभन्दा बढी मानिस मारिएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ।

प्रतिवेदनअनुसार गएको वर्ष अक्टोबरमा शहर कब्जा गर्ने क्रममा आरएसएफले नरसंहार, यौनहिंसा तथा व्यापक मानवअधिकार उल्लङ्घन गरेको आरोप छ।

शहरभित्र कम्तीमा ४ हजार ४०० जना र शहरबाट भाग्ने क्रममा १ हजार ६०० भन्दा बढीको ज्यान गएको पीडित तथा प्रत्यक्षदर्शीहरूको भनाइ उद्धृत गरिएको छ। झन्डै तीन वर्षदेखि सरकारी सेना र आरएसएफबीच जारी गृहयुद्धका कारण १ करोड ३० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर टर्कले सबै पक्षलाई तत्काल मानवअधिकार उल्लङ्घन बन्द गर्न अपिल गर्नुभएको छ। आरएसएफले भने प्रतिवेदनबारे कुनै प्रतिक्रिया दिएको छैन।

यसअघि सन् २०११ मा गृहयुद्धकै परिणामस्वरूप सुडानबाट अलग भएर दक्षिण सुडान स्वतन्त्र राष्ट्र बनेको थियो। हाल सुडानको पूर्वी क्षेत्र सरकारी सेनाको नियन्त्रणमा छ भने पश्चिमी क्षेत्रको ठूलो भाग आरएसएफको कब्जामा रहेको छ।

यसैबीच आरएसएफ निकट ‘सुडान फाउन्डिङ एलायन्स’ ले पश्चिमी क्षेत्रमा समानान्तर सरकार गठन गर्ने घोषणा गरेपछि अफ्रिका युनियनले त्यसको निन्दा गरेको छ।